काठमाडौं / सत्तारुढ दल नेकपाकै एक युवा नेता लेखनाथ न्यौपानेले प्रधानमन्त्री केपी ओली नै जेलमा हाल्नुपर्ने माग गरेका छन् ।
भर्खरै राजदूतमा बर्खास्त भएकी लक्की शेर्पाले प्रधानमन्त्री ओलीलाई ३ करोड बुझाएर राजदूत बनेको खुलासा गरेपछि राजदूत पद खरिद बिक्री भएको खुलासा भएको छ । नेता न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री र लक्की शेर्पालाई नै जेल हाल्न प्रस्ताव गरेका हुन् । स्वच्छ छवि भएका प्रभावशाली नेता लेखनाथ न्यौपानेको यस्तो प्रस्तावले सामाजिक सञ्जालमा तरङ्ग ल्याएको छ ।
मानव तस्करीको आरोपमा अष्ट्रेलियाको राजदूतबाट बर्खास्त भएपछि लक्की सेर्पाले केपी ओलीलाई राजदूत हुन ३ करोड बुझाएको दावी गरेकी छिन् । यसैलाई आधार मान्दै नेता न्यौपानेले घुस लिएको भए प्रधानमन्त्री ओलीलाई पनि जेल कोच्नुपर्ने र झुठ बोलेको भए लक्की शेर्पालाई नै जेल हाल्नुपर्ने प्रस्ताव गरेका छन् । घुस लिने र दिने दुवै अपराधी हुने न्यौपानेको तर्क छ ।


















