लगनखेलदेखि सातदोबाटोसम्मको सडक विस्तार २० प्रतिशत

376

ललितपुर जिल्लाको सबैभन्दा व्यस्त सडकमा पर्ने लगनखेलदेखि सातदोबाटोसम्मको सडक विस्तारको काम २० प्रतिशत मात्रै सकिएको छ । स्थानीयवासीले घर र जग्गाको मुआब्जा माग गरेपछि यस सडकको काम रोकिएको थियो । अदालतले तत्काल काम रोक्न अन्तरिम आदेश दिएपछि काम अघि बढ्न नसकेको काठमाडौँ चक्रपथ सुधार आयोजनाले बताएको छ । अदालतको अर्काे आदेश नआउँदासम्म काम ठप्प नै भइरहने आयोजनाका इञ्जिनीयर विश्व विजयलाल श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “ललितपुरका अरु चार ठाउँका सडक जस्तै यस ठाउँको सडक मुआब्जा विवादले गर्दा अघि बढ्न सकेको थिएन ।”

सडकमा स्थानीयवासीले घर र जग्गा दुवैको क्षतिपूर्ति माग गर्दै आएका थिए । पटकपटक अनुरोध गर्दासमेत विद्युतीय संरचना नहट्दा बाधा भएको छ । स्थानीयवासीले लगनखेलस्थित वटुकभैरव मन्दिरको पर्खाल भत्काउन मानेका छैनन् । सडक सम्पन्न हुनुपर्ने अवधि सकिएर थप भएको अवधिमा समेत काम नसकिएको आयोजनाले बताएको छ । यस सडकको निर्माण विसं २०७३ जेठमा शुरु भएको थियो । विसं २०७४ असोजमा म्याद सकिएपछि आयोजनाले एक वर्ष थपेको अवधिमा काम अघि बढेको छैन । उहाँले भन्नुभयो, “ठेकेदारले ढिलाइ गरेरभन्दा पनि अदालतको निर्णयले काम अघि बढ्न नसकेको हो ।” ललितपुरमा पाँच वटा सडकमा विस्तारको काम मुआब्जाकै कारण ठप्प छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here