निर्मला पन्तको को रुपमा ‘कोपिला’

223

कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अब  नेपाली फिल्म ‘कोपिला’ निर्माण भएको छ ।

यस वास्तविक घटनामा आधारित भएर निर्देशक शिवम अधिकारीले यो फिल्मको निर्देशन गरेका छन् । हालै एक महिनादेखि चलिरहेको फिल्मको छायांकन सकिएको छ ।

शिवम स्वयंले लेखेको कथामा निर्माण भएको फिल्म करीब ८० लाखमा निर्माण सम्पन्न भएको हो । ‘कोपिला’ मा निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोबैज्ञानिक परिस्थिति समाबेश छ । फिल्ममा मणिराज गौतम र करुणाकर घिमिरे मुख्य निर्माता रहेका छन् । ‘कोपिला’ मा सरिता गिरि, गणेश गिरि, ऋद्धीचरण श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ ।

कलाकार गणेश गिरीको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्मातामा सुबाशराज काफले, सह-निर्माताहरुमा सम्पादक तथा एनिमिटर समिर मियाँ र छायांकार रामेश्वर कार्की रहेका छन । ‘कोपिला’ मा छायांकार शिब शरण न्यौपाने, मुख्य साहायक निर्देशक राम बाबु खड्का, संगीत दिपक शर्माको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here