पाँच न्यायाधीश एकैपटक कारवाहीमा, सबै ३३ किलो सुन प्रकरणमा मुछिए

255

काठमाडाैं / उच्च अदालतका पाँचजना न्यायाधीश एकैपटक कारवाहीमा परेका छन् ।

साढे ३३ किलो सुनकाण्डमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएका अभियुक्तहरुलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिएकाे भन्दै उच्च अदालतका पाँचजना न्यायाधीश एकैपटक कारवाहीमा परेका हुन् ।

कारवाहीमा पर्नेहरुमा विराटनगर उच्च अदालतका पाँचजना न्यायाधीश छन् । गलत ढंगले न्याय सम्पादन गरेकाे भन्दै  न्यायपरिषद सचिवालयमा ती पाँच न्याधीश तानिएका हुन् ।

कारवाहीमा पर्ने न्यायाधीशहरुमा नागेन्द्र लाभ कर्ण, सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेल छन् । उच्च अदालतका न्यायाधीशहरु एकैपटक यति ठूलो संख्यामा कारवाहीमा परेको सम्भवतः पहिलो पटक हो । चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीश भए लगतै गठन भएको संयन्त्रले न्यायिक निगरानीका क्रममा गडबडी भेटिएपछि उनीहरुलाई सामूहिक रुपमा तानिएको स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here