विदेशी बैंकमा सम्पत्ति थुपार्नेहरुप्रति सरकार कडारुपमा प्रस्तुत हुने ओलीको बोली

115

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी ढङ्गले विदेशी बैंकहरुमा थुपार्नेहरुको खोजी गरी कारवाही गर्ने जनाएका छन् ।

शुक्रबार प्रधानमन्त्री ओलीले संसदमा सांसदहरुले राखेको जिज्ञासाको सिधा जवाफ दिंदै विदेश बैंकमा गैरकानुनीले ढङ्गले सम्पत्ति थुपार्ने कार्यलाई निरुत्साहित गर्ने र कडाइका साथ नियन्त्रण गरिने दावी गरे ।

सरकार सुशासन, विकास र समृद्धिका लागि भएको दावी गर्दै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यममा आएका सबै कुरा सत्य नहुने र अनुमान गर्दैमा कुनै कुरा असत्य पनि नहुने जनाए । उनले भ्रष्टाचार गर्ने र देशलाई घाटामा पार्नेहरुप्रति सरकार कडारुपमा प्रस्तुत हुने जनाउँदै यी विषयमा सरकार गभ्मिर रहेको जनाए ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कास्कीका सांसद एवम् पूर्वमन्त्री खगराज अधिकारीले नेपाल लिक्सको नाममा सार्वजनिक भएको कालोधनको चलखेल के हो ? अविलम्ब छानविन आयोग बनाइयोस्’ भन्ने जिज्ञासाको उत्तर दिँदै प्रधानमन्त्री ओलीले ‘यस्तो कार्य सरकारको चासोमा रहेको र खोजबिन, छानबिन गरिने जनाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here