‘सूचनाको हक’को प्रचार पुगेन : प्रमुख आयुक्त

720

काभ्रेपलाञ्चोक/राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले ‘सूचनाको हक’को प्रचारप्रसार नपुगेको बताउनुभएको छ ।

जिल्लास्थित सरकारी कार्यालय प्रमुख, स्थानीय तहका प्रशासकीय प्रमुख तथा सूचना अधिकारीका लागि आज धुलिखेलमा आयोजित सूचनाको हक विषयको प्रशिक्षणमा आयुक्त बाँस्कोटाले भन्नुभयो, “सरकारको पक्षबाट सूचनाको हकको प्रचारप्रसार कमी भयो ।” सरकारले सूचनाको हकसम्बन्धी प्रचारप्रसार पर्याप्त मात्रामा नगर्दा स्थानीय तहका सूचना अधिकारीमा अन्योलता सिर्जना भएको उहाँले दाबी गर्नुभयो ।

आयुक्त बाँस्कोटाले स्थानीय तहका अधिकारीलाई सूचनाको हकको बारेमा प्रशिक्षित गराउनुपर्ने आवश्यकता रहको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here