प्रधानसेनापतिको पोशाकबारे प्रकाशित अनलाईन समाचारप्रति नेपाली सेनाको ध्यानाकर्षण

295

 काठमाडौं / भारतको औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फिर्ता भएका प्रधान सेनापतिको पोशाकलाई लिएर सैन्य मुख्यालय श्रोतको हवाला दिदैँ केहि अनलाईन समाचार माध्यम मार्फत गरिएको अनर्गल प्रचार र वास्तविकतालाई तोडमोड गरी प्रकाशित समाचार प्रति नेपाली सेनाले प्रेस विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण गराएको छ ।

प्रेस विज्ञप्ती भ्रमणको सिलसिलामा प्रधान सेनापतिबाट भारतीय सेनाका विभिन्न सैनिक क्याम्प तथा तालिम केन्द्रहरुको भ्रमण कार्यालय पोशाकमा भएको र भ्रमण समापन गरी स्वदेश फिर्ता हुने दिन पनि सेन्ट्रल कमाण्डको भ्रमण सम्पन्न गरी कार्यालय पोशाकमा नै स्वदेश फिर्ता हुनु भएको सेनाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

साथै, केही अनलाईन मिडियाले तर्क गरे बमोजिम टोपी (फरेज क्याप)भारतमा छुटेको भन्ने समाचारमा कुनै सत्यता नभएको तथा समाचारमा दाबी गरिए अनुसार प्रधान सेनापति लगायत सम्पूर्ण भ्रमण दलका सदस्य चुस्ता पोशाकमा नभई कार्यालय पोशाकमा स्वदेश फिर्ता हुनु भएको नेपाली सेनाले जनाएको छ ।

सामान्यतया हवाई यात्राको दौरान सिभिल पोशाक लगाउने र आगमन पश्चात् सम्मान गारत कार्यक्रमको लागि सेरेमोनियल (ट्युनिक) पोशाकमा सम्मान गारत लिने विगतको प्रचलन अनुसार नै प्रधान सेनापतिले सम्मान गारत लिनु भएको समेत जानकारी गराउन चाहन्छौ । तसर्थ, यसरी वास्तविकता भन्दा भिन्न हुने गरी प्रकाशित भएका भ्रमपूर्ण एवं कसैको पूर्वाग्रहबाट प्रभावित अनर्गल समाचारबाट भ्रममा नपर्न नेपाली सेनाले सबैमा अपिल गरेको सेनाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रधानसेनापतिले फर्कने क्रममा टोपी भारतमै छाडेर आएको भन्दै यो फोटोसहित समाचार दैनिक लगायतका केही अनलाइनले समाचार बनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here