अष्ट्रेलियन ओपन टेनिसमा चौथो चरणबाट बहिरिए फेडेरर

167

एजेन्सी/साविक विजेता रोजर फेडेरर अष्ट्रेलियन ओपन टेनिसको चौथो चरणबाट बाहिरिएका छन् । आइतबार राति भएको खेलमा स्वीस स्टार फेडेरर ग्रीसका स्टेफानो सिसिपाससँग ६–७, ७–६, ७–५, ७–६ को सेटमा पराजित गरेका थिए । अर्को खेलमा दोस्रो वरियताका राफेल नाडाल टोमस बर्डिकलाई ६–०, ६–१, ७–६ को सोझो सेटमा हराउँदै क्वार्टरफाइनलमा पुगे ।

क्वार्टरफाइनलमा नाडालले अमेरिकाका फ्रान्सेस टियाफोसँग र सिसिपासले स्पेनका रोबर्टो बाटिस्टासँग प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ रुसी सुन्दरी मारिया सारापोभा र दोस्रो वरियताकी एन्जेलिक कर्बर पनि हार खेप्दै बाहिरिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here