धनगढी प्रिमियर लिगलाई आईसीसीको मान्यता

213

कठमाडौँ/धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले आईसीसीले डीपीएललाई मान्यता दिएको जानकारी प्रेस विज्ञप्तिमार्फत दिएको छ । आईसीसीको मान्यता पाएसँगै सम्पूर्ण सदस्य राष्ट्रका खेलाडीले डीपीएलमा खेल्न पाउने भएका छन् ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले आईसीसीको मान्यताले प्रतियोगितामा सहभागिता जनाउने विदेशी खेलाडीको प्रक्रियामा पनि सहज हुने विश्वास लिएको जानकारी दिएको छ । डीपीएलमा प्रत्येक टोलीले २ जना विदेशी खेलाडी अनिवार्य राख्नुपर्ने हुन्छ । ६ टोलीले स्वदेशी खेलाडी भने यसअघि सम्पन्न अक्सनबाट अनुबन्ध गरिसकेका छन् । आगामी माघ २६ गतेबाट धनगढी प्रिमियर लिगको तेस्रो संस्करण आयोजना हुदैछ । प्रतियोगितामा धनगढी स्टार्ससँगै, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड, रुपन्देही च्यालेन्जर्स, विराटनगर किंग्स र काठमाडौं गोल्डेन्स गरी ६ टिम छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here