‘नव उद्घोष’ साहित्यिक त्रैमासिक पत्रिका विमोचित

277

काठमाडौं / गोलढुङगा साहित्य परिषद् काठमाडौँद्धारा प्रकाशित ‘नव उद्घोष’ साहित्यिक त्रैमासिक पत्रिकाको ७ औ वर्षको पहिलो अंक विमोचन भएको छ ।

बुधवार रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमकाबीच उक्त साहियित्क पत्रिकाको विमोचन गरिएको हो । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले पत्रिकाको विमोचन गरेका हुन् ।

व.सं. २०५१ सालमा स्थापना भएको साहित्यिक परिषद्को स्थापना नै मन भित्रै रहेका आफ्नो कलालाई साहित्यको माध्यमबाट सबैलाई जोडने प्रयासको रुपमा लिईएको परिषदले जनाएको छ ।

पत्रिकाको सम्पादक प्रकाश घायलको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका कलाकार श्रेष्ठले साहित्यिक पत्रिका सार्वजनिक गरेकोमा परिषदलाई बधाई दिए । उनले भने,‘तपाईहरुले साहित्यिक क्षेत्रमा एउटा नयाँ पाईला सुरु गर्नुभएको छ । साहित्यिक पत्रिका केही अंक निकाल्न सजिलै छ । तर, पछि त्यति सजिलो छैन । टिक्न गाह«ो छ । साहित्यिक सेवा भनेको सामाजिक सेवा पनि हो । मानिसको बौद्धिकता पाठकहरुमा बाँड्ने काम पनि हो । यो एक किसिमको बौद्धिक–सामाजिक सेवा हो ।’

त्यस्तै, उनले उक्त साहित्यिक पत्रिका आगामी दिनमा पनि निरन्तर बाहिर ल्याउन शुभकामना दिए । उनले भने,‘साहित्यिक पत्रिका निकाल्दा खेरि केही विषयमा केन्द्रित भएर निकाल्नुपर्छ ।’

उनले कलाकार बन्नको लागि पहिले साहित्यकार बन्नुपर्ने पनि धारणा राखे । श्रेष्ठले भने,‘म पनि साहित्यकार भएरै कलाकार भएको हुँ ।’ पत्रिकालाई कसरी किन्नयोग्यबनाउने भन्नेतिर सोच्नुपर्ने पनि सुझाए । आफु कलाकार बन्नुपूर्व नै साहित्यक विद्यामा प्रवेश गरिसकेको स्मरण गराए । उनले भने,‘कुनैपनि साहित्यिक पत्रिका प्रकाशन गर्नुपूर्व आफ्ना पाठकहरुको चाहनालाई बुझेर र बजारको माग अनुसार प्रकाशन गर्नुपर्छ ।’

सम्पादक घायलले आफूहरुले आगामीदिनमा पाठकको चाहनाअनुसार नै साहित्यक रचनाहरु बाहिर ल्याउने प्रतिबद्धता जनाए । रचनाहरु पठाएर आफूहरुलाई सहयोग गर्नपनि घायलले आग्रह गरेका छन् ।

कार्यक्रममा पत्रकार तथा निर्देशक सानुकाजी थापा, संस्थाका आजिवन सदस्यद्धय गोविन्द बहादुर सिंह ठकुरी र विजय कार्कीलाई सम्मान गरिएको थियो ।
उक्तअवसरमा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ,विजय बजिमय,राजु धिताल,कृष्ण प्रधान, प्रतिष्ठानका अध्यक्ष रामकाजी प्रधान,लव गाउँले,राम प्रसाद पन्त,विजय ध्वज थापा, ध्रुवराज खतिवडा,प्रकाश गफाडी,लब खड्का लगायतले आफ्ना साहित्यिक आ–आफ्ना रचनाहरु वाचन गरेका थिए । पत्रिकाका सम्पादक देवेन्द्र अर्याल ‘आँशु’ले आजको कार्यक्रम सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here