प्रदीपलाई ‘ब्याचलर बन्टी’अफर

336

प्रदीप खड्का यतिबेला नेपालकै सर्वाधिक महँगो कलाकारका रूपमा अगाडि आएका छन् । ‘प्रेमगीत’ र त्यसको सिक्वेल हिट भएपछि उनी चर्चाको केन्द्रविन्दुमा रहेका प्रदीपको टक्कर अभिनेता अनमोल केसी लाई मानिएको छ ।

अनमोलले साइन गरेर पनि छाडेको  फिल्म अिभनेता प्रदीप खड्कालाई अफर गरिएको छ । अझ रोचकको कुरा त के छ भने अनमोलले छोडेका फिल्ममा प्रदीपले राम्रो सफलता हात पार्न सफल भएका छन् ।

अनमोलले ‘नो’ भनेका फिल्म गरेरै प्रदीपले लोभलाग्दो सफलताको उचाइ छुन सफल भएका हुन् । ‘प्रेमगीत’, ‘लिलिबिली’ र प्रदर्शनका लागि तयार रहेको फिल्म ‘लभ स्टेशन’ सबै अनमोलले गर्न नमानेका फिल्म हुन्, जुन प्रदीपले गर्न राजी भए ।

यसबीच अनमोलले साइन गरेर पनि छाडेको एक फिल्म प्रदीपलाई अफर गरिएको छ । अनमोलले केही दिन अगाडि आफूले छाडेको ‘ब्याचलर बन्टी’ प्रदीप, पल शाह र सलिनमान बनियाँले गर्दा राम्रो हुने जनाएका थिए । यो फिल्म अहिले निर्माता सुदीप खड्काले प्रदीपलाई अफर गरेका छन् ।

निर्माता खड्का र अभिनेता खड्काबीच फिल्मको विषयमा केही पटक कुरा समेत भइसकेको छ । प्रदीपले भने आफ्नो पाइपलाइनमा तीन फिल्म रहेको भन्दै ‘ब्याचलर बन्टी’ बाट तर्किन खोजिरहेका छन् । सुदीप भने प्रदीपले फिल्म गर्न तयार भए नाम परिवर्तन गरेर ‘सोलिडोली’ राख्ने सोचमा छन् ।

विशेष स्रोतका अनुसार, ‘सोलिडोली’ का लागि तयार गरिएको स्क्रिप्ट नाम परिवर्तन गरेर अनमोललाई साइन गराइएको थियो । तर, अनमोलले रोल चित्त नबुझेको भन्दै हात झिकेपछि फेरि घुमिफिरी प्रदीपलाई नै फिल्म अफर भएको छ । यो फिल्म प्रदीपले गर्ने न्यून सम्भावना रहेको स्रोतले जनाएको छ ।प्रदीपले अब भने यो फिल्म गर्न मान्लान त यो भने चासोको विषय बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here