सुन जस्तो देखिने ९ थान बाला सहित ६ जना पक्राउ

457

काठमाडौं / बुधबार राति प्रहरीले काठमाडौं महानगरपालिका एन्जल गेष्ट हाउस र पिंगला स्थानबाट ६ जना पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ९ थान सुन जस्तो देखिने बाला सहित पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले ९ थान सुन जस्तो देखिने बाला (४५० ग्राम) बरामद गरेको छ ।

पक्राउ पर्नेमा सिराह लोहरपट्टी नगरपालिका -४ का ३९ बर्षीय गौरीशंकर यादव, सिराह कल्याणपुर नगरपालिका-६ का ३५ वर्षीय सुरेश प्रसाद यादव, धनुषा हंसपुर नगरपालिका-६ का ३२ वर्षीय शम्भु कुमार साह, महोत्तरी इनरुवा गाउँपालिका-९ का ४७ बर्षीय रामविर यादव, धनुषा लक्षुमनीया गाउँपालिका-१ का ४९ वर्षीय शिव शंकर यादव र महोत्तरी इनरुवा गाउँपालिका-९ का २९ वर्षीय सुनिल पण्डितलाई पक्राउ गरेको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here