वरिष्ठ साहित्यकार शर्माको निधन

288

काठमाडौं / वरिष्ठ साहित्यकार प्रा मोहनराज शर्माको आज ८१ वर्षको उमेरमा निधन भएको छ । आज बिहान कलङ्कीस्थित नेशनल अस्पतालमा शर्माको निधन  भएको हो ।  उनी  मधुमेह, रक्तचाप र अन्य रोगबाट पीडित थिए ।

शर्माका समालोचनाका साथै नाटक, कथा, कविता, उपन्यास, भाषाशास्त्र आदि विषयमा प्रशस्तै कृति प्रकाशित छन् ।उच्च शिक्षाको नेपाली विषयमा शर्माका कृतिहरूको अध्ययन गरिन्छ । उनको जन्म विसं १९९४ कात्तिकमा काठमाडौँमा भएको थियो ।

त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका प्रा डा लक्ष्मणप्रसाद गौतमका अनुसार शर्माका छोरा विदेशबाट आउन समय लाग्ने भएकाले शुक्रबार मात्र अन्त्येष्टि गरिनेछ ।

शर्माको पार्थिव शरीर आज पशुपतिको शवगृहमा राखिएको छ । डा गौतमले शर्मा आफ्ना विद्यावारिधि गुरुसमेत रहेको स्मरण गर्दै उनले नेपाली साहित्यका प्रायः सबै विधामा योगदान दिएको जनाए ।

उनको ‘नेपाली साहित्यको संक्षिप्त इतिहास समालोचना संयुक्त ,नेपालका केही आधुनिक साहित्यकार’ कथाको विकास प्रक्रिया’, ‘जेमन्त र यमा’,बै कुण्ठ एक्सप्रेस’ ढनाटक, ‘कोर्रा’ कथासङ्ग्रह, ‘पुछारको पातो, ‘मि. झप्पु सिंह’, ‘च्याँखेधर्ना’ ‘हास्यव्यङ्ग्य’ निबन्ध सङ्ग्रह, ‘शैलीविज्ञान’, रचना र वर्ण विन्यास वैज्ञानिक पद्धति’ लगायत कृति प्रकाशित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here