अहिलेको शासन प्रणाली मुलुकले धान्न सक्दिन

88

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको शासन प्रणाली मुलुकले धान्न नसक्ने जनाका छन्।

विदेशीको उक्साहटबाट लादिएको प्रणाली भन्दा सम्बर्द्धनबादको जगमा टेकेर नेपाललाई समृद्धिको बाटोमा लैजानु पर्ने भन्दै थापाले सनातन मूल्य मान्यता, गौरवशाली इतिहास र परम्परालाई भत्काएर मुलुक नबन्ने ठोकुवा गरे।

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतामा पुनर्विचार नगरी नहुने भन्दै थापाले मुलुकलाई स्वाधिन र समृद्धिको बाटोमा लैजाने नीति सम्बर्द्धनवाद भएको जनाए ।

राप्रपा निषेधको राजनीतिबाट नभई सबैलाई समेटेर उदारतापूर्वक मुलुक निर्माणमा जुट्ने शक्ति भएको भन्दै थापाले काङ्ग्रेस कम्युनिस्टको विकल्प भनेकै राप्रपा भएको जनाए।

मुलुकको आवश्यता अनुसार राज्य व्यवस्था लागू गर्दा दीगो र टिकाउ हुनेमा कसैको स्वार्थ पूरा गर्न षड्यन्त्रपूर्वक लादिएको प्रणालीले मुलुक र जनताको हीत नहुने उनको भनाइ थियो।

आज पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले महाधिवेशन केन्द्रित हुन नेता कार्यकर्तालाई आग्रह गरे।

पूर्व प्रहरी उपरीक्षक कुल बहादुर थापा, पूर्व नायब उपरीक्षक मानबहादुर कुँवरसहित हुम्लाबाट काठमाडौं आएर अध्ययनरत विद्यार्थीहरुलाई थापाले सदस्यता प्रदान गरि पार्टीमा स्वागत गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here