नयाँ दल नेकपा (एकिकृत समाजवादी) को सनाखत बुधबार हुँदै

245

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को औपचारिक विभाजन पश्चात् वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वमा प्रस्तावित नयाँ दल नेकपा (एकिकृत समाजवादी) को सनाखत भदौ ९ गते बुधबार हुँदैछ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेकपा (एकिकृत समाजवादी) को सनाखतका लागि नेपाल पक्षका नेताहरूले आयोगमा भौतिकरुपमा उपस्थिति जनाइनुपर्ने बताइएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवा सरकारद्धारा संसदीय दल र केन्द्रीय समितीमा २० प्रतिशतको समर्थनमा दल विभाजन हुनसक्ने अध्यादेश जारी भएसँगै नेकपा एमाले औपचारिकरुपमा विभाजित भएको हो ।

यस लगत्तै नेता नेपाल पक्षका ९५ जना केन्द्रीय सदस्यहरु र ३१ जनाभन्दा बढी सांसदहरुले नेकपा (एकिकृत समाजवदी) नामको नयाँ दल आयोगमा दर्ता गराएका थिए ।  अध्यादेशमा भएको कानुनी व्यवस्था बमोजिम २० प्रतिशतको समर्थन संख्याको आधारमा नेपाल नेतृत्वको नयाँ दलको सनाखत हुने श्रेष्ठले बताउनुभयो । बुधबार बिहान १०ः३० देखि दिउँसो २ बजेभित्र नेकपा (एकिकृत समाजवादी) को सनाखत गरेर यससम्बन्धमा आयोगले निर्णय लिने पनि उहाँले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here