भेटियो राजनाग ‘किङ्ग कोब्रा’ ! संरक्षणका लागि पहल

314

गलेश्वर / म्याग्दीको बेनी नगरपालिका–९ घतानको कोशेपानीको जङ्गलमा भेटिएको दुर्लभ ‘किङ कोब्रा’ अर्थात् राजनागलाई संरक्षणका लागि पहल थालिएको छ ।

किङ कोब्रा देखिएपछि त्यस ठाउँमा हेर्न जानेको सङ्ख्या बढेको र वासस्थान नजिकै आगो लगाएर भगाउन खोज्ने लगायतका गतिविधि बढेपछि डिभिजन वन कार्यालयले सर्प विशेषज्ञलाई नै ल्याएर स्थानीयवासीलाई सर्प संरक्षणसम्बन्धी जनचेतनामूलक बृहत् अन्तरक्रिया गरेको हो ।

राष्ट्रिय मावि घतानका विद्यार्थी, शिक्षक, जनप्रतिनिधि र स्थानीयवासीलाई सर्प विशेषज्ञ तथा सर्प संरक्षण समाज नेपालका अध्यक्ष महेन्द्र कटिला, डिभिजन वन कार्यालयका सहायक वन अधिकृत विमला लम्साल र डिभिजन वन अधिकृत हरिशचन्द्र सापकोटाले किङ कोब्राको महत्व र संरक्षणका लागि गर्नुपर्ने कार्यको बारेमा जानकारी गराउनुभएको थियो ।

विगत पाँच वर्षदेखि पक्षी तथा जङ्गली प्राणीको खोज अनुसन्धानमा लाग्नुभएका प्राणीशास्त्री एवं त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रध्यापक केशव चोखालले कोशेपानीको जङ्गलमा दुर्लभ ‘किङ कोब्रा’ अर्थात् राज नाग फेला पार्नुभएको थियो । किङ कोब्रा फेला परेपछि यस क्षेत्रमा हेर्न जानेको सङ्ख्या बढेको थियो ।

नेपालका लागि अत्यन्त दुर्लभ मानिएको सो सर्प पछिल्लो समय नेपालको मध्य पहाडी क्षेत्रमा फाट्टफुट्ट देखिन थालेको चोखालले बताउनुभयो । चोखालका अनुसार यसको संरक्षणका लागि सरकार र समुदाय दुवै लाग्न आवश्यक छ । ‘किङ्ग कोब्रा’लाई नेपालीमा कालीनाग, राजनाग भनेर चिनिन्छ ।

किङ कोब्राको वैज्ञानिक नाम ओपिओपगुस हन्नह ९इउजष्यउजबनगक ज्बललबज हो । यो विशेषगरेर तराई क्षेत्र वा संरक्षित क्षेत्रमा पाइने सर्प भए पनि पछिल्लो समय जलवायु परिवर्तनका कारण मध्यपहाडी क्षेत्रमा बसाइँ सरेको हुनसक्ने चोखालको अनुमान छ ।

अत्यन्त विषालु प्रजातिको सर्पका रूपमा लिइने यो सर्पलाई नचलाउने, नजिस्काउने र यसको नजिकमा नजाने हो भने यसबाट बच्न सकिने चोखालको भनाइ छ । म्याग्दीमा भेटिएको सो नाग ‘किङ्ग कोब्रा’ अर्थात राजनाग नै भएको किङ्ग कोब्राका विशेषज्ञ एवं हिमालयन नेचरका अनुसन्धान अधिकृत जीवन थापाले पुष्टि गर्नुभएको छ । विशेषज्ञ थापाका अनुसार नेपालमा पाइने ८२ प्रजातिका सर्पमध्ये किङ्ग कोब्राको सङ्ख्या अत्यन्त न्यून छ ।

किङ कोब्रा दक्षिण एशिया र दक्षिण पूर्वी एशियाका १६ देशमा मात्रै पाइन्छ । थाइल्याण्डको जङ्गली क्षेत्रमा बाहेक अरु ठाउँमा यो अत्यन्त कम पाइने विशेषज्ञ थापाले बताउनुभयो । विशेषज्ञ थापाका अनुसार किङ्ग कोब्राले आहाराको रूपमा अरु सर्पलाई नै खाने गर्दछ । कहिलेकाहीँ आफ्नै प्रजातिका सर्पलाई पनि खाने गरेको अनुसन्धानबाट भेटिएको थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार यसलाई आइयूटिएन९विश्व संरक्षण सङ्घ०को रातो सूचीमा अति संवेदनशील भनेर सूचीकृत गरिएको छ । त्यसैगरी नेपालको कानूनले पनि यसलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । थापाका अनुसार यो सर्प विश्वव्यापीरूपमा अति कमलाई मात्र जानकारी भएको सर्प हो ।
–––

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here