काठमाडौं / नेपालको पहिलो र ठूलो सञ्चार कम्पनीको रुपमा रहेको क्यान इन्फोटेकमा आजदेखि सुरु भएको छ । क्यान इन्फोटेक २०१९ मा आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस लिटल स्माइल्स्ले स्टल नं A23 मा आफ्नो सहभागीता जनाएको छ । जसमा यसले आफूलाई अन्तर्राष्ट्रिय ब्रान्डको रुपमा स्थापीत गराउने अवसर प्राप्त गर्नेछ । यसले क्यामेरा अन्र्तगत पर्ने म्चयलभ व्यवसायको ७०५ बजार हिस्सा ओगटेको छ ।
DJI क्यामेरा उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो र अग्रणी स्थानमा पर्ने कम्पनी हो । यसका उत्पादनहरुमा camera drone, एरियल फोटोग्राफी को Stabilizer र भिडियोग्राफिका उत्पादनहरु विश्वमै प्रख्यात छन् । DJI का उत्पादनहरु विश्वप्रख्यात छन् । यसमा विशेष प्रकारको इन्जीनीएरङ्ग टेक्नीक र विशेष प्रकारको क्षमता र श्रीजनशिलताका साथ, निर्देशन मान्ने र सिनेम्याटोग्राफी भएको DJI, कम उचाई एरियल तस्विर लिनका लागी विशेष उपयोगी छ । समयअनुसार बढिरहने प्रविधिको आवश्यकतालाई ध्यान दिँदै यस कम्पनीले आफ्ना उत्पादनहरुमा अनुसन्धान र प्रविधिमा परिवर्तन र नविनता थप्दै उच्च प्रविधियुक्त बनाउँदै परिमार्जन गरि आफ्ना उत्पादन बजारमा ल्याउदै गएको छ । यो ब्राण्डले आफ्ना उत्पादनमा नयाँपन थप्दै आफूलाई प्रविधिमा अग्रसर गराएको छ । जसले गर्दा जटिल प्रविधि पनि आफ्ना उत्पादनका सामाग्रीमा सरलरुपमा प्रयोग गर्न सक्ने बनाएको छ ।
IMS ग्रुपका निम्न DJI मोडलका उत्पादनहरु नेपालमा तल्काल उपल्बध गराइने जनाएको छ ।
- Mavic 2 Zoom
- Spark Controller Combo White
- Mavic Air Black
- Mavic Air White
- Tello Global
- Phantom 4 Pro V2.0
- Spark Fly More Combo Red
- Tello Boost Combo
- Osmo Mobile 2
- Osmo Mobile 2 Base
Osmo Pocket / Smart Controller यहि CAN Info Tech 2019मा आकर्षक छुटका साथ बजारमा आज देखि उपलब्ध हुने छ । साथै कम्पनीले यी सबै मोडलहरु स्मार्ट डोको मार्फत अनलाइन पनि उपलब्ध गराएको छ । साथै कम्पनीले आफ्ना यस्ता उत्पादनलाई क्यान इन्फोटेकमा आकर्षक छुटका साथ उपल्बध गराउने जनाएको छ ।
IMS ग्रुपका प्रमुख कार्यकारी निर्देशक श्री दिकेश मलहोत्राले “फेरी पनि अर्को अन्तराष्ट्रिय ब्राण्डको बिक्रेता हुन पाएको र DJI Drone क्यामेरा लाई नेपाली बजारमा भित्रयाउन पाएकोमा आफू एकदमै खुसी भएको जनाउनु भएको छ । भिडियोग्राफी र फोटोग्राफीको बढ्दो माग भएको बिकासोन्मुख डिजिटल जमाना मा Drone व्यवसाय प्रति आफूहरु एकदमै सकारात्मक रहेको जनाउनु भएको छ । उहाँले हाम्रो लक्ष भनेको ग्राहक को सन्तुष्टि र अनुभवमा निरन्तर सुधार गर्नु नैै हो’ भन्नुभयो ।
IMS ग्रुपका बारेमा
IMS ग्रुप नेपालमा २० ओटा कम्पनीहरुको साझा समूह हो । यो ग्रुप नेपालका लागि SAMSUNG मोबाइलको आधिकारिक बिक्रेता पनि हो । IMS सन् १९९८ मा पहिलो पल्ट नेपालमा मोबाइल भित्रयाउने आधिकारिक गु्रप हो । यस गु्रपले स्थापना भएको २५ वर्ष मा नै अतुल्य सफलता हासिल गरेको छ भन्ने कुरा को प्रमाणीत हुन्छ । यस गु्रप को ब्यानर अन्तर्गत आउने विभिन्न कम्पनीहरुको संख्या बाट स्पष्ट हुन्छ ।


















