कास्की / नेपाल विद्यार्थी संघ कास्की जिल्ला कार्यसमितिले आज सरकार विरुद्ध पोखरामा प्रदर्शन गरेको छ।
कास्की जिल्लाका निवर्तमान सभापति बिकाश थापाको नेतृत्वमा भएको प्रदशनमा प्रधानमन्त्रीको पुत्ला पनि जलाइएको नेपाल विद्यार्थी संघका नेता अनुराग शाहले जानकारी दिए।
सरकार भ्रष्टाचारमा लिप्त भएको, निर्मलालाई अझै पनि न्याय दिन नसकेको,डाक्टर गोविन्द केसीको मागलाई बेवास्ता गरेको र भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै पोखरा महानगर पालिकाको गेटमै प्रदर्शन गरिएको थियो।
प्रदर्शन पछि कोण सभालाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघ कास्कीका निवर्तमान विकास थापाले आन्दोलन अझै पनि जारी रहेको जनाए।


















