श्रीलंकाविरुद्ध बलियो अष्ट्रेलिया

86

काठमाडौं/दोस्रो टेष्ट क्रिकेट खेलमा श्रीलंकाविरुद्ध घरेलु टोली अष्ट्रेलिया बलियो स्थितिमा पुगेको छ । केनबेरामा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो दिनको समाप्तिमा चार विकेटको क्षतिमा ३८४ रन बनाउन सफल भएको छ । अष्ट्रेलियाका लागि दुई जना खेलाडीले शतक बनाएका थिए । ओपनर ब्याट्सम्यान जोइ बुर्नस १७२ रनमा अविजित छन् ।

त्यस्तै, ट्राभिस हेडले १६१ रन बनाएर आउट भए । अष्ट्रेलियाका अन्य तीन खेलाडी भने सस्तैमा आउट भएका थिए । श्रीलंकाका लागि भिश्वा फर्नान्डोले तीन विकेट लिएका छन् । दोस्रो दिन शनिबार अष्ट्रेलियाले यही स्थितिबाट ब्याटिङ थाल्नेछ । पहिलो टेष्ट खेलमा अष्ट्रेलियाले श्रीलंकालाई एकै पारीमा ४० रनले पराजित गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here