काठमाडौं / राष्ट्रिय समाजवादी पार्टी नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।
समाजवादी पार्टी नेपालका संयोजक रूद्रजङ्ग पुलामीले आज बिहान विज्ञप्ति जारी गरी सर्वसाधारण जनतालाई प्रत्यक्ष असर पर्ने गरी पेट्रोलियम पदार्थमा मूल्यमा चर्को वृद्धि गराएको भन्दै फिर्ता लिन माग गर्दै गम्भीर ध्यानाकर्षण गराएको छ ।
नेपाल सरकारले हिजो राति १२ बजेदेखि लागु हनेगरि नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीटेलको मूल्यवृद्धि गरेको हो ।
जारी विज्ञप्तीका अनुसार पटक पटक मूल्य विृद्ध गरिनु, भ्रष्टाचार , अनियमितता, कालाबजारी जस्ता गतिविधिलाई सरकारी स्तरबाटै प्राथमिकता दिनु तथा जनताका जनजीविकासंग जोडिएका दैनिक उपभोग्य वस्तुलाई सर्वसुलभ तरिकाबाट उपलब्ध गराउन नसक्नु वाम सरकारको दैनिकी बन्दै गएको छ । यसरी सर्वसाधारण जनतामाथि खेलबाड गर्दै उच्च कर लाद्नु एंव मूल्य विृद्धि थोपरिनु जनहित विपरित कार्य र वाम सरकारको असक्षमता हो ।
अतः कमिसन आर्जन गर्ने उद्वेश्य स्वरुप वृद्धि गरिएको मूल्यविृद्धि तत्काल फिर्ता गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं । विज्ञप्तीको अन्त्यमा उल्लेख गरिएको छ । 


















