बोक्सी आरोपी राधा चौधरी विप्लवको पार्टीमा

214

बोक्सीको आरोपमा कुटाइ खाएकी कैलालीकी राधा चौधरीले अन्ततः अन्यायको विरुद्ध क्रान्तिमा भागलिने भएकी छिन ।

कुसंस्कार-कुरीति तथा बिभेदका बिरुद्द र सर्वहारा, शोषितपीडित वर्गका पक्षमा लडिरहेको विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले न्याय दिने भन्दै आफुले नेकपामा प्रवेश गरेकी जनाएकी छन् ।

करिब डेढ वर्ष अघि बोक्सीको आरोप लागेपछि भोलेबाबा नामको स्थानीय व्यक्तिले सार्वजनिक ठाउँमा निर्घात कुटपिट गर्दा पनि अन्धविश्वासका कारण गाउँलेहरू नै रमिते बनेर बसेको क्षण सम्झेर भक्कानिएकी राधा चौधरी पुरानो संरचनामा बनेको व्यवस्था र न्यायालयबाट आफूले न्याय नपाएपछि क्रान्तिमा होम्मिएको बताएकी छन् ।

कैलालीमा शनिबार आयोजीत कार्यक्रममा विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेकी चौधरीले भनिन्, ‘म गरिब घरकी चेली भएकाले मलाई दुव्र्यवहार गरी अवहेलना गरिएको हो । म बोक्सी होइन । मेरो गाउँमा प्रायः पढेलेखेका शिक्षित मात्र छन् तर पनि मलाई बचाऊ भन्दै रोइकराइ गर्दा पनि कसैले साथ दिएनन् । म निर्घात रूपमा कुटिँदा पनि कसैले केही बोलेनन्।’

अति निम्न परिवारमा जन्मिएकी राधालाई उनको समाज प्रति निकै घृणा जागेको छ । उनले भनिन, ‘गरिबीको दलदलमा फसेको अन्धविश्वासी समाजले मलाई हेप्यो र यसप्रकारको अमानवीय दुव्र्यवहार ग¥यो । आज मलाई न्याय दिने र मजस्तै हजारौँ गरिब–दुःखीहरूका पक्षमा लड्ने पार्टी नेपाल कम्युनिस्ट पार्टी भेटेकी छु । मलाई न्यायका लागि यो पार्टीले पहल ग¥यो । म विप्लव नेतृत्वको यो पार्टीलाई लालसलाम तथा धन्यवाद टक्र्याउँछु ।’

नेकपाले सञ्चालन गरको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानको सिलसिलामा नेकपामा प्रवेश गर्दैगर्दा पुरानो रूढिवादी अन्धविश्वासी समाजको अवस्था देखेर भक्कानिएकी राधा चौधरीले रूढिवादी परम्परा र अन्धविश्वासका विरुद्ध लड्ने धारणा व्यक्त गरिन् । उनले भनिन्, ‘नेपाल कम्युनिस्ट पार्टीले मलाई साथ देओस् । म क्रान्तिकारी भएर बाँच्न चाहन्छु । त्यसपछि म र मजस्ता असहायमाथि यस्ता हर्कत गर्न खोज्नेले हजारपटक सोच्नुपर्छ।’

नेपाल कम्युनिस्ट पार्टी कैलालीद्वारा सञ्चालित सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ को घोडाघोडी नगरपालिका वडा नं ५ सररहियामा आयोजीत एक जनभेला मार्फत पार्टी प्रवेश गरेकी हुन् । कार्यक्रममा बोक्सीको आरोपका कुटिएकी राधा चौधरीसहित माओवादी केन्द्र परित्याग गरी पतिराम चौधरी, किरण चौधरीसहित १३ जना नेकपामा प्रवेश गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here