गृहमन्त्रीलाई संसदमा प्रश्न : अनुसन्धान सधैं भइरहेको भन्नुहुन्छ, यसरी कहिलेसम्म चित्त बुझाउने गृहमन्त्रीज्यू ?

115

काठमाडौं /  प्रतिनिधि सभा बुधबारको बैठकमा  सांसद र गृहमन्त्री राम बहादुर थापाबीच प्रत्यक्ष सवाल–जवाफ भएको छ ।  सांसदहरुले निर्मला हत्या प्रकरण र भइरहेको अनुसन्धान, निशान खड्काको हत्या र इन्काउन्टर, अछाममा भएको घटना लगायतमा केन्द्रीत रहेर प्रश्न गरेका थिए ।

नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले २०७५ साल साउन २१ गते काँडाघारी बस्ने ११ वर्षीय बालक निशान खड्काको अपहरण भएपछि पाइलट बाबा आश्रम नजिकको जंगलमा भएको इन्काउन्टरबारे प्रष्ट पार्न भने।  

गृहन्त्री थापा– निशान्त हत्या प्रकरणमा गोपाल तामाङ र अजय तामाङको प्रहरी इन्काउन्टरमा ज्यान गएको हो ।

इन्काउन्टरको आदेश कसले दिन्छ ?

गृहमन्त्री थापा– तयस्तो अवस्थामा आदेश कसैले दिँदैन । प्रहरी आफैले निर्णय गर्न सक्छ ।

प्रेम सुवाल – पहुँचवालालाई मात्रै शान्ति सुरक्षा भयो सर्वसाधारणलाई भएन भन्ने गुनासो आएको छ वास्तविकता के हो ?

गृहमन्त्री थापा–सरकारले विभेद गरेको छैन ।

डिला सङग्रौला– निर्मला पन्तको हत्यामा संलग्नलाई मुद्दा किन चलाइएन ? देशभरका हत्या र बलात्कारका शृङ्खला कहिले रोकिन्छ ?

गृहमन्त्री थापा – निर्मला हत्या प्रकरण पासविक थियो । अनुसनधान जारी छ । अनुसन्धानमा लापरवाही गर्ने प्रहरी अधिकारीलाई कारवाही गरेको छ । कुनैपनि अपराधीलाई राज्यले छुट दिँदैन । कानुनको कठघरामा ल्याउँछ । चासो र चिन्ताप्रति सरकार गम्भिर छ ।

सरकारले नै निर्मला पन्तको हत्याको प्रमाण किन नष्ट गर्यो ? हत्यारा वालुवाटारमा छन् कि सिंहदरवारमा छन् ?

गृहमन्त्री थापा – सरकारले ९६ प्रतिशत अपराधीलाई कानुनको कठघरामा ल्याएको छ । बाँकी अपराधीलाई पनि कठघरामा ल्याउने प्रयास गरेको छ । कुनैपनि अपराधीलाई ल्याउन समय लाग्छ ।

गगन थापा – निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे सरकारकै उपप्रधानमन्त्रीले केही महिनाअघि ५ दिनभित्र सार्वजनिक गर्छ भन्नुभएको थियो । त्यसबारे गृहमन्त्रालयको भनाइ के छ ?

गृहमन्त्री थापा–उहाँले अपराधिलाई छिटटै ल्याउने भन्नु राम्रो हो । अनुसन्धान भइरहकाले र साविती बयान पनि भइरहेकाले केही मुक्त भएका छन् । त्यही आधारमा रक्षामन्त्रीले सो कुरा भन्नुभएको हुनसक्छ भन्ने अनुमान गर्न सक्छु ।

राजेन्द्रप्रसाद लिङदेन– रक्षमन्त्री मात्रै होइन, गृहमन्त्रीले पनि अपराधी पक्राउ परेको भनेर भनियो । राज्य किन कच्चा सूचनामा विश्वास गर्छ ?

गृहमन्त्री थापा– राज्यले निर्मला प्रकरणमा केन्द्रबाट सिआइवीको टोली खटाएको थियो । त्यसले २ जनालाई पक्राउ पनि गरिएको थियो । उनीहरुको बयानका आधारमा मैले पनि अपराधी कठघरामा आएको भनेर भनेको हुँ ।

दिलेन्द्रप्रसाद बडु– कहिलेसम्म सय प्रतिशत अपराधी पक्राउ पर्छन् रु आन्दोलनकारीलाई धम्क्याएको कुरा के हो ?

गृहमन्त्री थापा – आशावादी हौँ छिट्टै हुनेछ । न्यायका निम्ति जसले आन्दोलन गरेका छन् । त्यो अधिकार पनि हो । त्यसरी धम्क्याएको जानकारी छैन ।

सुजाता परियार– निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म पनि अनुसन्धान मात्रै भएको भनिन्छ वास्तविक हत्यारा कहिले पत्ता लाग्छ ?

गृहमन्त्री थापा – अनुसनधान जे भइरहेको छ । त्यही जानकारी मैले सदनलाई जानकारी दिने हो । सरकार सकेसम्म अपराधीलाई कानुनको कठघरामा ल्याउन प्रतिवद्ध छ । यद्यपि समय लाग्न सक्छ । तर प्रयास जारी छ ।

महेश बस्नेत–९६ प्रतिशत अपराधी कानुनी कठघरामा ल्याएकोमा बधाइ छ । तर, दिलीपसिंह बिष्टलाई कारवाही के हुन्छ ?

गृहमन्त्री थापा – सरकार गम्भिर छ । आवाश्यक कदम चाल्छ ।

रामबहादुर विष्ट –अछाम मंगलसेनका नवराज विष्टका हत्यारालाई कारवाही कहिले हुन्छ ?

गृहमन्त्री थापा – सरकारले लिखित रुपमा यसअघि घटनाबारे सदनमा जानकारी गराइसकेको छ । जेठ १ गते विष्टको लास भेटिएको र प्रहरीले बरामद बस्तुहरु र जाहेरीका आधारमा अनुसन्धान टोली गठन गरेको छ । परीक्षणबाट मृत्युको कारण खुल्न नसकेको रिपोर्ट आएको छ । यसबारे अनुसन्धान भइरहेको छ ।

अनुसनधान सधै भइरहन्छ भनिन्छ । यसरी कहिलेसम्म चित्त बुझाउने ?

गृहमन्त्री थापा– अन्ततः अपराधी कानुनको कठघरामा ल्याइन्छ ।

राजेन्द्र केसी – अछामको मङ्गलसेनको घटनामा अपराधीहरुलाई कठोर यातना दिएको भन्ने छ, वास्तविकता के हो?

गृहमन्त्री थापा–सरकारको यातना दिने र अङ्गभङ्ग गर्ने नीति छैन । यदि भएको छ भने त्यसको छानिवन हुन्छ ।

घनश्याम खतिवडा – मोरङको लेटाङमा खानेपानी ट्याङकीमा विषादी हालेर धेरै मानिस विरामी भए । यसबारे के भइरहेको छ ?

गृहमन्त्री थापा– मन्त्रालयले लिखित जानकारी दिइसकेको छ । फेीर पनि दिन चाहान्छु । जिप्रकाको प्रतिवेदनका आधारमा छानविन भइरहेको छ ।

मिनेन्द्र रिजाल–मुलुकका ठूला चार घटना नै सरकारले पहिचान गर्न सकेन । सरकारको सफलताको आधार के हो?

गृहमन्त्री थापा – बाँकी ४ प्रतिशतमा पनि सरकार सफल हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here