सिके राउतका ९ जना कार्यकर्ता पक्राउ

132

काठमाडौं / सिके राउतका ९ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जानकी गाउँपालिका–२ बाट राम मनोहर यादवको सोमबार दाहसंस्कार गर्ने क्रममा विखण्डनकारी नाराबाजी गरेपछि उनीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरुमा सिराहाका बिसुनदेव ठाकुर, महोत्तरीका सन्तोष मण्डल, संजय यादव, सुनसरीका श्रीराम चौधरी, सप्तरीका सत्य नारायण शाह, सिराहाका सुदिप कुशवाहा, बाराका बिनोद यादव, रौतहटका बिरेन्द्र शाह र पर्साका सञ्जय कुमार शाह रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here