नेपाल पर्यटन बोर्डमा हुने भ्रष्टाचारको छानबिन गर्न माग

297

 काठमाडौं / ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले नेपाल पर्यटन बोर्डको पुर्नसंरचना गरिनुपर्ने जनाएका छन् ।

उनले स्थापना हुँदा गरिएको परिकल्पाको आधारमा आजसम्म पनि बोर्ड सञ्चालन हुँदै आएको भन्दै यसको संरचना नै बदल्नुपर्ने जनाए । लोसार पर्वको अवसरमा टानले आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहाले बोर्डभित्र आर्थिक अनियमितता बढेको भन्दै बोर्डमा हुने भ्रष्टाचारको छानबिन गर्न माग गरे ।

अध्यक्ष दाहालले पर्यटन बोर्ड र टानबीच सम्झौता भएर टानले विक्रि गर्दै आएको टिम्स कार्ड वापतको हिसाब स्ष्ट देखाउन माग गरे । वर्षौदेखी टानले पाउनुपर्ने रकम पाउन नसकेको भन्दै उनले तत्काल हिसाब देखाएर टानले पाउनुपर्ने रकम उपलब्ध गराईदिन माग गरे ।

अहिले जताजतै मोटरबाटो खन्ने कामले गर्दा पदमार्ग ध्वस्त भएको जानकारी गराउँदै उनले स्थानीय तहले जथाभावी बढाएको पर्यटन शुल्कलाई व्यबस्थित गर्न अध्यक्ष दाहालले  माग गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here