तुलसिपुर / दाङको तुलसीपुरमा अत्याकुनिक प्रयोगशाला संचालनमा आएको छ । आज शनिवार तुलसीपुरमा एक कार्यक्रमका बिच जिनोमिक डायग्योस्टीक ल्यावरेटोरी प्रा.लि. सञ्चालनमा आएको ल्याइएको हो ।
प्रा.लि.का अध्यक्ष सुरज ज्ञवालीको अध्यक्षता एव सासद हिराचन्द्र केसीको प्रमुख आतित्थ्यतामा भएको उदघाटन समारोहमा बोल्ने बक्ताहरुले स्वास्थ क्षेत्रमा ठुलो उपलब्धि भएको भन्दै अबदेखि ल्याबको कुनैपनि समस्या पश्चिम दाङबासिले भोग्नु नपर्ने बताएका छन ।उनिहरुले तुलसिपुरमै आधुनिक प्रयोगसाला खुलेकोमा सञ्चालकहरुलाई बधाई दिदै हरेक सेवालाई गुणस्तरीय र पार्द्शिताको माध्यमबाट अगाडि बढाउन सुझाव दिएका छन ।
कार्यक्रममा बिशिष्ठ अतिथि डाक्टर बिनोद सिह,तुलसिपुर उधोग बाणिज्य सङघका अध्यक्ष बिरबहादुर रावत लगायतकाले शुभकामना ब्यक्त गर्नुभएको थियोे ।
प्रयोगशालाबाट विभिन्न रुटिन परीक्षणहरु,साुमदायिक स्वास्थय परीक्षण,विशेष अवसरमा निशुल्क प्रयोगशाला जाच सेवा,परामर्श सेवा लगायतको सेवा दिने एमडि सन्तोष धौलाकोटिले जानकारी दिनुभयो ।
राप्ती अञ्चल अस्पतालको गेट नजिक आज देखि सुरु भएको जिनोमिक डायग्योस्टिक ल्याबोरेटरि प्रालिमा बुटवल देखि पश्चिममा सबैभन्दा ठुलो र स्तरिय ल्याब सञ्चालन भएको ज्ञवालीले जानकारी दिनुभयो ।
नेपाल सरकारबाट मान्यताप्राप्त ल्याब सेवा करिव २ करोडको लगानीमा सुरुभएको छ । सो प्रयोगशालामा होलबडि चेक अप,थाईराईट,मृगौला ,कलेजो,आईरण,कल्चर लगायतका सेवालाई उच्च प्राथमिकता दिईएको छ ।

















