बाल सहाराको ११ औ वार्षिकोत्सब

194

तुलसिपुर / बाल सहारा इगलिस वोडिङ स्कुल तुलसिपुर ४ वनहरिको ११ औ वार्षिकोत्सब आज सम्पन्न भएको छ । विद्यालयका प्रिन्सिपल शालिकराम कार्किको अध्यक्षता तथा एन प्याव्सनका केन्द्रीय उपाध्यक्ष सुवोध कुमार डागिको प्रमुख आतित्थ्यता तथा एन प्याव्सन दाङका अध्यक्ष भिम वहादुर वुढाथोकिको विशिष्ट आतित्थ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा वोल्दै प्रमुख अतिथि डागिले वालवालिकाहरुलाई राम्रो वनाउनका लागि अभिभावकहरुले समेत भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनु भयो । उहाले स्कुलहरु लाई अझै राम्रो वनाउनका लागि अभिभावक हरुले सल्लाह सुझाव दिनु पर्ने वताउनु भयो । सो अवसरमा एन प्याव्सनका अध्यक्ष भिम वहादुर वुढाथोकिले अभिभावकको मन जित्ने गरि पठन पाठन गराउन सुझाव दिनुभयो ।

कार्यक्रममा एन प्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष विमल गौतम , सचिव ठाकुर डागि , प्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष मधुसुदन केसि ,योग शिक्षक रविन्द्र वस्नेत महिला नेत्रृ तारा देवकोटा , प्रावि वनहरिका शिक्षक भानुभक्त आचार्य , अभिभावक प्रकाश देवकोटा ,नृत्य निर्देशक वसन्त राठोर लगायतकाले शुभ कामना मन्तव्य व्यक्त गर्नु भएको थियो । सो अवसरमा विद्यार्थीहले योग नृत्य सहित विभिन्न नृत्य , गित, कविता , नाटक प्रस्तुत गरेका थिय ।

सो अवसरमा शैक्षिक सत्र २०७४ सालको वार्षिक परिक्षाका उत्कृष्ट विद्यार्थीहरु र वार्षिकोत्सबका अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगितामा प्रथम , दितिय र तृतिय हुने विद्यार्थीहरु लाई पुरस्कार समेत वितरण गरियको थियो । विद्यालयका भाईस प्रिन्सिपल रुद्र बहादुर वस्नेतको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको संचालन विद्यालयका शिक्षक डिल्लीराज भुसालले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here