इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहृयामको जित

234

टोटनहृयामले इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीलाई पराजित गरेको छ । आइतबार राति आफ्नै मैदानमा भएको खेलमा टोटनहृयामले लेष्टर सिटीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । टोटनहृयामको जितमा डेभिनसन सान्चेज, क्रिस्टियन एरिक्सन र सन हृयुङ मिनले समान गोल गरे । त्यस्तै, लेष्टरको लागि जेमी भार्डीले गोल गरे । ३३ औं मिनेटमा सान्चेजले गोल गर्दै टोटनहृयामलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० गोलले अघि रहेको टोटनहृयामले दोस्रो हाफमा थप दुई गोल गर्दा लेष्टरले एक गोल फर्काएको थियो ।

खेलको ६३ औं मिनेटमा एरिक्सनले गोल गर्दै टोटनहृयामलाई दुई गोलले अग्रता दिलाएका थिए । भने ७६ औं मिनेटमा लेष्टरका भार्डीले गोल गरेपछि खेल २-१ को स्थितिमा पुगेको थियो । खेलको अतिरिक्त समयमा टोटनहृयामले अर्को गोल थप्न सफल भयो । यस पटक भने सनले गोल गर्दै टोटनहृयामलाई ३-१ को जित दिलाउन सफल भए । जितसँगै लिगको तेस्रो स्थानमा रहेको टोटनहृयामको २६ खेलबाट ६० अंक भएको छ । पराजित लेष्टर भएको समान खेलबाट ३२ अंक रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here