लोककला कार्यशाला, विचार विमर्श, अन्तरक्रिया तथा प्रर्दशनी, भारदह सप्तरीमा सम्पन्न

211

सप्तरी / विश्वका सबै राष्ट्रहरुको आ–आफ्नै लोककला संस्कृति भए जस्तै नेपालमा पनि आफ्नै प्रकारको लोक कला, संस्कृति रहेको छ ।

एक किलोमिटरको दुरीमा फरक फरक हावापानी, भाषाभाषी, धर्म संस्कृति रहेजस्तै नेपाली लोककला पनि भौगोलिक अवस्था, जातजाति भाषाभाषी, धर्मसस्कृति अनुसार फरक फरक रहेको छ । त्यसैलाई मध्यनजर गरी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान लोककला विभाग, काठमाडौंले प्रदेश नं. २ सप्तरीमा रहेको लोककलाको उत्थान, लोककला पुस्तान्त्रण साथै लोककला मार्फत जीवनस्तर उकास्ने हेतुले मिति २०७५ माघ २१ गतेदेखि २७ गतेसम्म २० जना कलाकारहरुको सहभागीतामा लोककला कार्यशाला, विचार विमर्श, अन्तरक्रिया तथा प्रदर्शनी भारदह १, सप्तरीमा संचालन भई समापन भयो।

यस कार्यशालामा १५ वर्ष उमेर समुहदेखि ७५ वर्ष उमेरसमुहका कलाकारहरु उत्सुकताका साथ सहभागी हुनु भएको थियो । आजको वदलिँदो परिवेशले यहाँको लोक कला संकटमा परेको विषयलाई मध्य नजर गरि कार्यक्रम गरिएको छ ।

भित्ता, ढोका, झ्याल, पुजाकोठा, धन्सारमा बनाईने लोककलाहरुलाई कागज र पोलिथिनका मानवनिर्मित फूलहरुले प्रतिस्थापन गरिरहेका अवस्थामा यस किसिमको कार्यशालाले जनमानसमा सकारात्मक प्रभाव पारेको छ । जसको प्रत्येक्ष असर यहाँको लोक कला, कलाकारहरुमा पर्ने साथै लोककला समग्र देशबाट नै अस्ताउने अवस्था नहोस् भनी यस कार्यशाला सञ्चालन गरिएको थियो ।

यस कार्यशालाका संयोजक श्याम सुन्दर यादवका अनुसार `संसारको सबैभन्दा पुरानो कला मिथिला लोककला हो । यसको बारेमा वेद, रामायण आदि पौराणिक ग्रन्थहरुमा पढ्न पाईन्छ । यस कलाको संरक्षण, सम्वद्र्धन गर्नु नितान्त आवश्यक देखिएकोले यस कार्यक्रम गरिएको हो ।´ भन्दै आफ्नो मन्तव्य राख्नु भयो ।

यस कार्यशालाबाट यहाँ रहेका स्थानीयबासीहरु आफ्ना भावना, संस्कृति कला मार्फत देखाउन पाएकोमा सहभागीहरु हर्सित देखिन्थे । लोककला मार्फत उनीहरुको अर्थ आर्जन गर्नु पर्ने वहाँहरुको मनसाय रहेको थियो । त्यसैले राज्य स्तर र समाजबाट पनि आफ्नो कला, कौशल आफै प्रयोग गरी स्थानीय कलालाई प्रोत्साहन गर्नुपर्ने देखिन्छ ।

विभागीय प्रमुख मिथिला देवीले आफ्नो कार्यशालामा लोपन्मुख, सिमान्तकृत लोककलाको उत्थानको लागि देशका विभिन्न भागमा गएर यस किसिमका कार्यक्रमहरु सञ्चालन गरि लोककलालाई कलाको मूल धारमा ल्याउने प्रतिवद्धता जनाउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here