सरकारले दियो क्रिकेट र फुटबल खेलाडीलाई १ करोड ५६ लाख रुपैयाँ पुरस्कार

151

काठमाडौं / मन्त्रिपरिषद् बैठकले क्रिकेट र फुटबल खेलाडीलाई १ करोड ५६ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बिहीबार सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले क्रिकेट खेलाडीलाई पाँच लाख, मुख्य प्रशिक्षकलाई तीन लाख, अफिसियललाई जनही दुई लाख रकम दिने निर्णय गरेकाे जानकारी दिएका हुन्।

सँगै सरकारले फुटबल खेलाडीलाई दुई लाख र शारीरिक सुगठन प्रतियोगिताका विश्व च्याम्पियन बनेका महेश्वर महर्जनलाई पाँच लाख दिने निर्णय गरेको बाँस्कोटाले जानकारी दिए। सँगै सरकारले अन्य विभिन्न विषयमा निर्णय गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here