काठमाडौं / लोक सेवामा जागिर खानका लागि अहिले कायम रहेको ३५ वर्षको उमेरहद घटाएर २८ वर्षमा झार्न एक सांसदले प्रस्ताव गरेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डितले सोमवार संसदमा संघीय निजामती ऐन विधेयक पेश गरेका हुन् । विधेयक माथिको सैद्धान्तिक छलफलका क्रममा कांग्रेस सांसद भरत साहले उमेर हद घटाउन प्रस्ताव गरेका हुन् ।
‘अहिले ३५ वर्षसम्म लोकसेवामा भर्ना गर्ने गरिएको छ, त्यो बूढो उमेरमा भर्ना भएर के गर्ने ? ३५ वर्षलाई २८ वर्षमा झार्नुपर्छ । भारत पाकिस्तानमा पनि २८ वर्ष छ,’ सांसद शाहले भने ।
संसदको लेखा समितिको सभापति समेत रहेका सांसद शाहले पेन्सन या निवृत्तिभरणका लागि ५८ वर्षसम्म सेवा गर्नुपर्ने प्रावधन राख्न माग गरे । ‘कसैले २१ वर्षमा जागिर खायो भने ४१ वर्षमै पेन्सन पाक्छ । ५८ वर्ष नपुगी पेन्सन दिनु हुन्न जहिले भर्ना भएको भएपनि,’ उनले भने ।

















