पशुपति शर्माको गीतमाथि सत्ता पक्ष र प्रतिपक्षले राजनीति गरेको आरोप

213

काठमाडौं / प्रतिनिधिसभाको सोमबारको संसद बैठकमा नेताहरुबीच नै जुहारी चलेपछि चर्चित गायक प्रमोद खरेलले सत्ता पक्ष र प्रतिपक्षले लोक गायक पशुपति शर्माको गीतमाथि राजनीति गरेको आरोप लगाएका छन् ।

एउटा कलाकारको गीतलाई लिएर नेताहरुबीच नै जुहारी चलेपछि गायक खरेलले सामाजिक सञ्जालमार्फत काम गर्न अनुरोध गर्दै गीतमाथि राजनीति नगर्ने सुझाएका हुन् ।

खरेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पशुपति शर्मालाई २५००० दिने प्रतिपक्षी सांसद र प्रतिउत्तरमा १ महिनाको तलब दिने सत्ताधारी सांसदलाई अनुरोध‬–‪त्यो पैसा आफ्नो क्षेत्रका विकासमा थप्नुस् , जनताका लागि काम गर्नुस् ताकी फेरि फेरि यस्ता गीत बन्न नपरोस् । कर्म गर्नुस्, गीत माथि राजनिती नगर्नुस् ।’

काँग्रेस सांसद अमरेश कुमार सिंहले गायक शर्माले गाएको गीतलाई सरकारले प्रतिबन्ध लगाएको आरोप लगाउँदै शर्मालाई आफ्नो फागुन महिनाको तलबबाट २५ हजार रूपैयाँ पुरस्कार दिने घोषणा गरेका थिए ।

नेकपाका अर्का सांसद झपट रावलले कांग्रेस संसद् सिंहको प्रत्युत्तरमा यो गीत अमरेशले नै गाएमा आफूले २५ हजार पुरस्कार दिने घोषणा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here