राजनीतिक दलहरुमा माला लगाउने होडबाजी !

247

काठमाण्डौ / अहिले लाग्छ राजनीतिक दलहरुलाई माला लगाउने होडबाजी चलिरहेको छ । लाग्छ नेताहरु आफूले मालाको तौलमा आफ्नो जनप्रियता र क्षमता मापन गरिरहेका छन् ।

सामाजिक सञ्जालमा राजनीतिक दलका नेताहरु आफूले थेग्नै नसक्ने माला भिरिरहेका छन् ।  यसबारे जताततै अहिला व्यापक चर्को आलोचना भइरहेको छ ।

वीरगंजमा भएको कार्यक्रममा कांग्रेस नेताहरु डा. शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालालाई कार्यकर्ताले १२१ किलोको माला लगाइदिए ।

पार्टी सभापति शेरबहादुर देउवालाई त्योभन्दा गह्रौं र ठूलो मालाले सम्मान गरियो । कोइराला परिवारका तीन नेताले भन्दा ठूलो र गह्रौं माला पहिरिएर देउवा बाराबाट वीरगंज पुग्नुभयो र भन्नुभयो, ‘शेखर कोइराला बढी बोल्दै हिँडेको छ, पार्टीमा कोइराला भन्दैमा पाइन्छ ? कांग्रेस जनताको पार्टी हो, कोइरालाका छोरा नातिको होइन ।’

सत्तारुढ दलका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि कार्यकर्ताले डोटीमा ५१ किलोको माला लगाइदिए । उर्जामन्त्री र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतका नेताहरु पनि मालाभित्र अटाए । गलामा लगाउनै नमिल्ने ठूलो न ठूलो मालाभित्र उभिएपछि प्रधानमन्त्री ओलीले हात हल्लाएर पोज समेत दिनु भ्याए ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पनि माला लगाइदिएर कुनै पनि नेतालाई खुशी पार्नु नपर्ने भन्दै लेख्नुहुन्छ, ‘केवल एक फूल दिनोस् या केवल एक मुस्कानसाथ हृदयले स्वागत गर्नोस् ! आलोचनामा गालीको भारी या सम्मानमा फूलको भारी दुवै गलत छन् ! देउवा,पौडेल,कोइराला,प्रचण्ड,ओली या जिल्लामा आउने अरु जो कोहि अगुवा हुन्…’

नेताको सम्मान डेढ क्विन्टलको मालाले होइन एक थुंगा फूलले पनि गर्न सकिन्छ । तर राजनीतिक दलका नेताहरुलाई मालाप्रतिको मोह हो या कार्यकर्ता नै त्यति धेरै अबुझ भएका हुन् । मालामा त्यति धेरै खचए गर्नुभन्दा जनताको मर्म बुझ्ने आवश्यकता अनुरुप सहि कार्यमा खर्च गरे चर्चा एंव लोकप्रिय बन्ने थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here