काठमाडौं / महानगरीय प्रहरी वृत्त कमलपोखरीले प्रहरीलाई घुस दिई प्रभावमा पार्न खोज्ने १ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले काठमाण्डौ महानगरपालिका १ नागपोखरी स्थित बा४१प ५६१५ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा धुम्बाराही बस्ने रौतहटका सुरेन्द्र पासवानले प्रहरी टोलीलाई रू ५ सय घुस दिएकाले निजलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ ।
यसै गरी महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ महानगरपालिका-१७ क्षेत्रपाटी स्थित को१४प २६२८ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा काठमाडौं महानगरपालिका-२३ ओमवहालका राजनराज भण्डारीले ब्लुबुक भित्र रू १ हजार राखि घुस रकम दिएकाले निजलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ ।
दुबै घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।

















