सूचना प्रविधि कानुनले सञ्चारमाध्यमलाई नियमन गर्न नहुने

182

काठमाडौं / ‘साइबर कानुन र यसले मिडियामा पार्ने प्रभाव’ विषयक अन्तक्र्रिया कार्यक्रममा जनताको अभिव्यक्ति स्वतन्त्रता तथा स्वतन्त्र प्रेसको अधिकारलाई कुण्ठित हुने कुनै पनि कानुन मान्य नहुने पत्रकार स्वतन्त्रताको हक अधिकार सुनिश्चत गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल प्रेस युनियनले सोमबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्यले सूचना प्रविधि विधेयक मस्यौदाको व्यवस्था र यसले सञ्चार क्षेत्रमा पार्न सक्ने प्रभावका बारेमा कार्यपत्र प्रस्तुत गर्दै यस विधेयकले सामाजिक सञ्जाललाई निमयन गर्ने कानुनले सञ्चारमाध्यमलाई नियमन गर्न नहुनेमा जोड दिए ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले सञ्चारमाध्यमले स्वतन्त्र रूपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउनुपर्ने भन्दै यसमा अवरोध वा बाधा पु¥याउने कुनै पनि कानुन आफूहरुलाई मान्य नहुने जनाए  । नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष कुलचन्द्र वाग्लेले सञ्चारमाध्यले संविधानअनुसार जनचासोका विषयलाई स्वतन्त्र रूपमा प्रेषण गर्न पाउनुपर्ने धारणा व्यक्त गर्दै अन्य कुनै पनि कानुनले त्यस्तो स्वतन्त्रतालाई कुण्ठित गर्न नसक्ने जिकिर गरे ।

‘फ्रेडेरिक इबर्ट इस्टिफ्टुङ’ (एफइएस)का राष्ट्रिय संयोजक डा.चन्द्रदेव भट्टले सामाजिक सञ्जाललाई नियमन गर्ने विषय विश्वव्यापी रुपमा चुनौती बनेको उल्लेख गर्दै सञ्चारमाध्यमले जनचासोका विषयलाई निर्वाध रूपमा उठाउन पाउनुपर्ने जनाए । कार्यक्रममा गोरखापत्र दैनिकका पत्रकार राधा चालिसे र अन्नपूर्ण पोष्ट दैनिक पत्रकार यम विरहीले दुवै कार्यपत्रमाथि टिप्पणी गरेका थिए ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य ईश्वरी ओझा, महासंघका उपाध्यक्ष दिलीप थापामगर, नेपाल प्रेस युनियनका उपमहासचिव भीष्मराज ओझा र दि हिमालय टाईम्सका सम्पादक प्रकाश रिमालले सञ्चारमाध्यमले स्वतन्त्र प्रेसको अधिकारअन्तर्गत निर्वाध रूपमा समाचार सम्प्रेषण गर्ने अधिकारलाई कुनै पनि कानुनले बाधा पु¥याउन नसक्ने धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here