हामीबीच कहिल्यै प्रतिस्पर्धा थिएन – महानायक राजेश हमाल

500

नेपाली फिल्म क्षेत्रमा कुनै जमानामा एक छत्र राज गरेका चर्चित नायकहरुमा अभिनेता महानायक राजेश हमाल र भुवन केसीको नाम आउने गर्दछ । एक्सन र पारिवारिक फिल्म साथै लभस्टोरी फिल्म गर्ने यी नायकहरु कुनैबेला एकअर्काका प्रतिस्पर्धी थिए भनेर बुझिन्छ । चलचित्र जगतमा नेपालको नम्वर वान नायक ब्नने होडबाजी चलेको भन्ने हल्ला समेत चलेको थियो ।

निर्देशक शोभित बस्नेतले राजेश र भुवनसँगै शिव श्रेष्ठ र जल शाहलाई लिएर फिल्म ‘राजु राजा राम’ बनाएका थिए । यो दुई दशक अगाडिको सुपरहिट फिल्म हो । यो फिल्मपछि भुवन र राजेशले ‘चोर सिपाही’मा पनि काम गरे । तर, यसमा दुई एउटै फ्रेममा भने अटेका थिएनन् । यसपछि भने उनीहरुले कहिल्यै साथमा काम गरेनन् ।

केही वर्षयता दुईबीच असमझदारी रहेको भन्ने चर्चा आइरहेको थियो । वास्तवमा भुवनले आफ्नो होम प्रोडक्सनको फिल्म ‘सुपरस्टार’ अभिनेता हमाललाई अप्रोच गरेका थिए जुन राजेश हामालले अस्वीकार गरेका थिए । उनले नमानेपछि अभिनेता दीलिप रायमाझीको इन्ट्री भएको थियो । उक्त फिल्म गर्न नमानेपछि भुवन, राजेशसँग असन्तुष्ट रहेको उनले जनाएका थिए।

तर, सोमवार चर्चित टिभी सो ‘को बन्छ करोडपति ?’ को सेटमा दुई अभिनेताको भेट भयो, । अभिनेता भुवन र फागुन १७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘क्याप्टेन’ का अभिनेता अनमोल केसी आउँदो हप्ता प्रशारण हुने एपिसोडमा हमालले सोधेको प्रश्नको उत्तर दिन आएका थिए । अभिनेत्रीत्रय निरुता सिंह, उपासना सिंह ठकुरी र प्रियंका एमभी भने हौसला दिन पछाडि बसेका थिए ।

एपिसोडको छायांकनपछि पत्रकारसँग गफिँदै अभिनेता हमालले भुवनसँग धेरैपछि भेट भएकोमा खुसी व्यक्त गरे । उनले भुवन निर्मित फिल्म ‘क्याप्टेन’ लाई सफलताको शुभकामना दिँदै आफू पनि फिल्म हेर्न आतुर रहेको बताए । जानकारी दिए । अन्तवार्तामा एक पत्रकारले सोधेको एक समय तपाईंहरुबीच प्रतिस्पर्धा थियो नी हैन रुु भन्ने प्रश्नमा हमालले आफूहरुबीच कहिल्यै प्रतिस्पर्धा नभएको जनाए ।

उनले भने- ‘भुवनजीसँग मेरो केको प्रतिस्पर्धा ? हाम्रो फिल्म क्षेत्र जतिसुकै सानो भए पनि सबैजना अटाउँछौं । यत्रो वर्ष काम गर्दा उहाँ आफ्नै तरिकाले काम गरिरहनु भएको थियो म आफ्नै तरिकाले काम गरिरहेको थिएँ । हामी दुबै आ-आफ्नो ट्रयाकमा खुसी थियौं । हामीबीच कहिल्यै प्रतिस्पर्धा थिएन ।’ उनको कुरामा भुवनले पनि सही थपे । उनले भने- ‘हामी कलाकार हौं प्रतिस्पर्धी होइनौं ।’

राजेश र भुवनकोको लागि तस्बिर परिणामहमालको छेवैमा बसेर पहिलो पटक अन्तर्वार्ता दिँदै अभिनेता अनमोलले भने दुई सुपरस्टारसँग स्टेज र साथमा अन्तर्वार्तामा दिन पाउनु आफ्नो लागि सौभाग्यको कुरा भएको जनाउँदै भने- ‘उहाँहरु (राजेश हमाल र भुवन केसी) फिल्म इन्डस्ट्रीको पिल्लर हुनुहुन्छ । हामीले त वरिपरि बुट्टा भर्ने काम मात्र गरिरहेका छौं । उहाँहरु नभएको भए फिल्म इन्डस्ट्री नै हुँदैन थियो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here