राजनीतिक दलालहरुकाे भण्डाफाेर गराैं

153

-भरत दाहाल

नेपाललाई समाप्तै पार्ने गरी अघि बढेको नागरिकता विधेयकबारे ठूला मिडिया हाउसहरूले देशप्रति चिन्ता देखाएर समाचार प्रकाशित गरेको कतै पढ्नु भएको छ ? लैंगिक समानताको नेतृ हुँ भनेर एनजिओहरूको काट्टो खाएर वर्वराउँदै हिंड्ने कुनै लम्पट आईमाईले विदेशी जनसंख्या अतिक्रमणका बारेमा कहिल्यै आवाज उठाएको सुन्नु भएको छ ?

राजनीतिक वृत्तका दलाल अपराधिहरूको संरक्षणमा साम्राज्यवादले प्रयोग गरेका मूख्य तप्का यिनै २ वटा छन् । ठूला मिडिया हाउस, त्यसका प्रधान सम्पादक र कथित बरिष्ठ स्तम्भ लेखकहरू विदेशी जासुसहरू हुन् । यि अपराधीहरूको जोड नागरिकता प्रकरणलाई नेपालको भयानक समस्याका रूपमा चित्रण गर्ने र विदेशीहरूको डिजाईनलाई लुकाउने रहेको छ।

यिनीहरू नेपालका शत्रु हुन्। देशलाई अन्त्यहिन धरापमा फसाउने योजनालाई ढाकछोप गर्ने र समस्यालाई अतिरञ्जनापूर्ण किसिमले प्रचार गर्ने अपराधीहरूप्रतिको उदारताले देश मासिन सक्ने खतरा बढ्दो छ। यिनीहरूको नाम किटान गरेर अब यिनीहरूको अपराधी चेहरा सडकमा ल्याउन जरूरी छ।

एनजिओको पैसाले दरबार जोडेर बसेका केही स्खलित तथा लम्पट आईमाईहरूलाई ढालका रूपमा अघि सारेर विदेशीहरूले नेपाल विरूद्ध प्रयोग गरिरहेका छन्। यिनीहरूको उद्देश्य महिलाहरूलाई सामन्तवादी समाजको एउटा पुरूषको वस्तुका रूपबाट मुक्त बनाउनु होईन। यिनीहरूको उद्देश्य हो- एउटा व्यक्तिको वस्तुका रूपबाट निकालेर नेपाली महिलाहरूलाई सबैको वस्तु बनाउनु ।

यी बदनामहरुले नेपाली महिलालाई बजारका बेश्या र विदेशी जन्माउने कारखाना बनाउन खोजिरहेका छन्। कुमारी आमा बन्न पाउनु पर्ने र लिभिङ दुगेदरको अधिकार हुनु पर्ने यिनीहरूको माग, बाबुको ठेगान नभएका सन्तानलाई बंशजको नागरिकता दिनु पर्ने यिनको माग यसै दिशामा लक्षित छन् भन्ने कुरा स्पष्ट छ ।

यिनीहरूको अर्को उद्देश्य हो, महिला केन्द्रित नेपाली समाज र संस्कृतिलाई ध्वस्त बनाउनु हो । यस्ता विदेशी प्यादाहरूको हौवामा लागेर देश मार्ने गल्ति नगरौं !  देशको अस्तित्वका अगाडि कुनै पत्रकार वा महिलाको देशविरोधि बकवास ठूलो हुनु हुँदैन। यस्ता कलुषित पात्रहरूलाई अगाडि सारेर विदेशीहरूले नेपाली मनोविज्ञानलाई दबाउने कोशिस गरिरहेका छन्। राजनीतिक आवरणमा लुकेका विदेशी दलालहरुलाई नाङ्गेझार पारेर सडकमा उतार्न देशभक्त नेपाली जनताले तत्परता देखाइहाल्नुपर्ने अवस्था विकसित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here