नेपाल सरकारका कर्मचारीहरुद्वारा भारतमा आफ्नो तालिमलाई निरन्तरता दिँदै

111

 काठमाडौं / नेपाल सरकार अर्थ मन्त्रालयका २२ कर्मचारीको तेश्रो टोलीले ‘इन्स्टिच्यूट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाईनान्स’ (INGAF)मा सञ्चालन भइरहेको ‘Global Perspectives on Public Financial Management’ विषयको तालिम २०७५ फाल्गुण २० गते देखि सुरु गरेको छ । उक्त तालिम भारत सरकार विदेश मन्त्रालयको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ (ITEC)अन्तर्गत सञ्चालन भइरहेको छ ।

कूल ६२ कर्मचारीहरुलाई प्रदान गरिने यस विशेष तालिम नेपालको अर्थ मन्त्रालयको अनुरोध तथा आवश्यकता अनुरुप तयार पारिएको हो । यस तालिमले विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋण÷अनुदान तथा प्रतिदानको लेखाविधि, पेन्सन भुक्तानी प्रणाली, आन्तरिक लेखापरिक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन आदि विषयहरुमा चलिरहेको विश्वव्यापी अभ्यासबारे सहभागीहरुको क्षमता अभिवृद्धि गर्नेछ । यस अघि ४० नेपाली कर्मचारीहरुले (दुई टोलीका २०–२०) आफ्नो १० दिने तालिम सफलतापूर्वक सम्पन्न गरेका थिए ।

INGAF भारत सरकारको सार्वजनिक अर्थ व्यवस्थापन क्षेत्रको आधुनिक सिकाई सुविधायुक्त एक प्रमुख तालिम केन्द्र हो । अर्थ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यस संस्था Institution of Internal Auditors (IAA) Florida, Atlanta School of Public Policy, Duke University, Management Development Institute (MDI) Guragaon, Indian Institute of Management, Bengaluru आदि जस्ता प्रमुख संस्थाहरु सँग आबद्ध छ ।

INGAF संसार भरका विकासशील मित्र राष्ट्रका कर्मचारीहरुललाई ITEC कार्यक्रम अन्तर्गत व्यवसायिक तालिम प्रदान गर्ने एक साझेदार संस्था हो  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here