दौडधूप बढी हुँदा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या

161

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । नियमित चेक जाँचका लागि बुधबार बिहान टिचिङ अस्पताल परिषरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका ओलीलाई चिकित्सकहरुले भर्ना गर्न सुझाव दिएपछि अस्पताल भर्ना भएका हुन् ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले थप परीक्षण गर्नुपर्ने देखिएको भन्दै अब्जरभेसनमा राखिएको विज्ञप्तिमार्फत जनाएको छ ।

प्रधानमन्त्री निकटस्रोतका अनुसार पछिल्लो समय दौडधूप बढी हुँदा उनलाई थकान महसुस हुने समस्या देखिएको थियो । कुनै समस्या नरहे पनि नियमित उपचारकै लागि प्रधानमन्त्री ओलीलाई २४ घण्टाका लागि अस्पतालमै राखिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here