सत्तारुढ नेकपाले गुमायो अर्को एक नेता -गणेश पण्डित

353

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वसांसद गणेश पण्डितको मंगलवार निधन भएको छ ।

आइतवारमात्र भरतमोहन अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएर फर्किएका पण्डित  उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै निधन भएको नेकपाले जनाएको छ ।

७२ वर्षीय पण्डित नुवाकोटको कविलास महादेव मन्दिरको गुफामा जाने क्रममा हृदयघात भएको पारिवारिक सदस्यले जनाएका छन् ।

पण्डित २०४८ सालको निर्वाचनमा नुवाकोटबाट कांग्रेस नेता रामशरण महतलाई पराजित गरेर सांसद बनेका थिए ।काठमाडौंको बसुन्धरामा बस्दै आउनुभएका पण्डितका तीन छोरा,तीन छोरी र श्रमिती छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here