सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

99

काठमाडौं / सर्वोच्च अदालतले सिके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ।

आज प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको इजलासले तारेखमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । यसभन्दा अगाडि राउतलाई रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको
थियो ।

‘निजबाट अपराधसँग सम्बन्धित दसी प्रमाण केही फेला परेको देखिदैँन। निवेदक प्रतिवादीले प्रत्यक्ष रूपमा यस्तो कार्य गरी अभियोग दाबी बमोजिमको कसुर गरेको भन्ने पनि देखिएको छैन,’ आदेशमा भनिएको छ, — बुझ्दै जाँदा मिसिल संलग्न प्रमाणहरूबाट ठहरे बमोजिम हुने नै हुँदा निवेदक सिके राउतलाई तारेखमा राखी मुद्दामा पुर्पक्ष गर्न दिनू ।’

राज्य विप्लवको अभियोगमा प्रहरीले सिके राउतलाई गत असोज २१ गते पक्राउ गरेको थियो । जिल्ला अदालत रौतहटले मंसिर २० मा राउतलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।

उक्त आदेशविरूद्ध राउतले उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा पुनरावेदन दिएका थिए । पुनरावेदनले पनि जिल्ला अदालतको आदेश सदर गरिदिएको थियो । त्यसपछि उनी सर्वोच्च पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here