ट्याक्टर पल्टिएर १ जनाको मृत्यृ ६ घाइते

219

दमौली / ऋषिङ गाउँपालिका-६ सार्की चौतारीमा यात्रु बोकेको ट्याक्टर पल्टिँदा एकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा ऋषिङ ५ की ३५ वर्षीया मैयाँ सिञ्जाली रहेको प्रहरीले जनाएको छ। घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको । टयाक्टरमा विवाहको भोज खाएर फर्किदै गरेका जन्ती सवार थिए ।

ऋषिङ ७ ओख्लेबाट ऋषिङ-५ सपाङदीतर्फ गइरहेको ग १ त ५३१० नम्बरको ट्याक्टर अत्यधिक गतिका कारण दुर्घटनामा परेको हुनसक्ने ऋषिङ गाउँपालिकाका कर्मचारी दानबहादुर श्रेष्ठले जानकारी दिए। दुर्घटनामा परेको ट्याक्टर सडकबाट करिब ३० मिटर तल खसेको थियो ।

दुर्घटनामा चालकसमेत गम्भीर घाइते भएको छ ।घाइतेलाई प्रहरी र स्थानीयले उद्धार गरेर पोखरा उपचारका लागि पठाएको श्रेष्ठले जानकारी दिए। घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भैरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here