देश र जनताको गोप्य सुचनालाई बचाउनलाई आयो सरकारको नयाँ रणनीति

29

काठमाडौं /  सरकारले देश र जनताको गोप्य सुचनालाई बचाउनको लागि नयाँ रणनीति अपनाउने भएको छ । पैसा, पासपोर्ट, राजस्व स्टिकर, हुलाक टिकटजस्ता संवेदनशील सामाग्रीको छपाइ नेपालमै गर्न सुरक्षण मुद्रण केन्द्र (सेक्युरिट प्रेस) स्थापना गरिने भएको छ । यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फ्रान्ससँग समझदारी गरेको छ ।

सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाको फ्रान्स भ्रमणका क्रममा यसै साता समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीमा सुरक्षण मुद्रण स्थापनाका लागि तीन महिनाभित्र परियोजना सम्झौता गर्ने र तीन वर्षभित्र काम सक्ने उल्लेख गरिएको छ । सुरक्षण मुद्रण केन्द्र र फ्रान्स सरकारको स्वामित्व रहेको कम्पनी इन ग्रुपबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले फ्रान्स सरकारको स्वामित्वमा रहेको कम्पनीको प्रविधि र फ्रान्स सरकारको सहुलियतपूर्ण ऋणमा सुरक्षण मुद्रण स्थापना गरिने जानकारी दिए । उनका अनुसार सुरक्षण मुद्रण स्थापनाको काम तीन चरणमा हुने आजको  कान्तिपुर दैनिकमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here