पानी पिउनु किन आवश्यक ? पानी सेवन सम्बन्धी नियमहरू :

357

शरीर भित्रका हरेक क्रियाहरूको लागी पानी अत्यन्त आवश्यक छ । पानीले शरीरको अङ्ग प्रत्यङ्गहरू र प्रत्येक कोषिकाहरूमा पौष्टिक तत्त्वहरू तथा अन्य आवश्यक तत्त्वहरू पु¥याउने काम गर्दछ ।

व्यायामका बेला शरीरबाट धेरै पसिना निस्किन्छ र जिउमा पानी कमी हुन थाल्दछ । पानीको कमी हुँदा सुख्खापन तथा पाचन सम्बन्धी समस्या सुरु हुन्छ । त्यसैले यस्तो समस्याबाट बच्नका लागि व्यायाम गरिसकेको हरेक आधा घण्टामा कम्तीमा पनि एक गिलास पानी अवश्य पिउनुपर्छ । साथै फलफुल तथा जुस पनि पर्याप्त खाने गर्नुपर्छ ।

पानीको अभावमा यी सारा प्रक्रियाहरू अवरुद्ध हुन्छन् जसले गर्दा हामीलाई रोग लाग्दछ । त्यसैले दीर्घकालसम्म स्वस्थ रहनलाई प्रयाप्त पानी पिउनु पर्दछ।

पानीको सेवनले शरीरलाई सक्रिय बनाउँछ । पाचनतन्त्रलाई स्वस्थ र सबल बनाउँछ । रक्त सञ्चारमा सुधार ल्याउँछ  ।मृगौलालाई सक्रिय बनाउँछ।

पानीले शरीरभित्र रहेका हानीकारक तत्त्वहरूलाई नष्ट गर्ने कलेजोको काममा मद्दत गर्दछ ।

पानी सेवन सम्बन्धी नियमहरू
बिहान उठ्ने बित्तिक्कै पानी पिउनाले पाचन सम्बन्धी रोगहरूबाट मुक्ति मिल्दछ र मुटुको समस्यामा पनि लाभ मिल्दछ ।
प्रशस्त पानीको सेवनले सबै रोगहरूमा फाइदा पुर्‍याउँछ । एकै चोटि अत्यधिक पानीको सेवन गर्नु हुँदैन ।  दिनको ३–४ लिटर पानी पिउनु पर्छ । नियमित रूपमा पानी पिउने बानी बसाल्नु पर्छ। खानासँग पानीको सेवन गर्नु हुँदैन । खानासँग पानी पिउनाले पाचनक्रिया सुस्त हुन्छ र खाना राम्रोसँग पच्दैन ।

तातो पानी अधिक पिउनाले पाचनतन्त्र कमजोर हुन्छ र खाना राम्रोसित पच्दैन ।

थाकेको अवस्थामा र धेरै पसिना आएको अवस्थामा चिसो पानी धेरै पिउनु हुँदैन । धेरै पसिना आउँदा पसिनाको माध्यमबाट शरीरको ताप बाहिर गइरहेने भएकोले चिसो पानी पिउँदा शरीरको तापक्रम घट्नगई प्रतिकूल असर पर्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here