जनतामाथि ऋण मिनाहा अभियानमा विप्लवको नेकपा

177

काठमाडौं / नेत्र विक्रम चन्द ‘विप्लव’ जनतामाथि ऋण मिनाहा अभियानमा  लागेका छन् । विप्लव नेतृत्वको नेपाल कम्नियुष्ट पार्टी (नेकपा)ले वित्तिय संस्थाहरुबाट लिएको ऋण बापतको किस्ता तिर्न नसकेको निहुँमा गरिबका घरमा लगाईएको ताला फुटाएको छ।

ग्रामिण क्षेत्रमा विभिन्न नारा र प्रलोभन दिएर सर्वसाधारणलाई ऋण दिने र अलि समयसम्म जनताले उक्त ऋण फिर्ता गर्न नसके घर खेतनै कब्जा गरेर दुख दिने गरेको गुनासो नेकपाको जनअदालतमा बढ्दै गएपछि मोरङका बयरबनमा स्थानीय थारु समुदायलाई ऋण दिएर पछि महिनावारी किस्ता भनेको दिन तिर्न नसक्दा बस्ने घरमा लगाइएको ताला नेकपाका कार्यकर्ताहरुले फुटाइदिएका हुन ।

गुराँस लघुवित्त सहित अन्य वित्तिय संस्थाहरुले गरिब जनताको घरमा ताला लगाएको प्रति विरोध जनाउदै घरमा लगाएको ताला नेकपा कार्यकर्ताहरुले खोलिदिएको मोरङका जिल्ला सचिव नवराजले जानकरी दिए। विप्लव नेतृत्वको नेकपाले वित्तिय संस्थाहरुबाट लिएको ऋण बापतको किस्ता तिर्न नसकेको निहुँमा गरिब जनताको घरमा लगाइएको ताला फुटाउनुले उनीहरुको ऋणनै मिनाहा गरिदिन लागेको बुझिएको छ।

उनले गाँउका गरीब जनतालाई वित्तिय संस्थाहरुले उठिबास लगाएको देखिएकाले यस्तो कार्य नरोके उनीहरुलाई कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।आफ्ना झुपडीमा साहुले लगाइदिएको ताला नेकपा कार्यकर्ताहरुले तोडिदिएपछि स्थानीय हर्षित भएको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here