काठमाडौं / निर्वाचन आयोग उपनिर्वाचन गराउने तयारीमा रहेको छ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका निर्वाचित पद विभिन्न कारणले रिक्त भएपछि आयोगले उपनिर्वाचनको तयारी थालेको हो।
२०७४ सालमा विभिन्न चरणमा भएका स्थानीय तह, प्रतिनिधि सभा, राष्ट्रिसभा सदस्यको निर्वाचनपछि हालसम्म विभिन्न कारणले ४८ निर्वाचित पदहरु रिक्त छन्। प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहअन्र्तगत गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष ४, नगरपालिकाका प्रमुख १, नगरपालिका तथा गाउँपालिकाका वडाध्यक्ष ३९ गरि ४८ पद रिक्त छन्।
आगामी मंसिर पहिलो साताभित्र उपनिर्वाचन गराउने गरी तयारी अघि बढाइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए। उनका अनुसार कात्तिक अन्तिम साता वा मंसिर पहिलो साताभित्र उपनिर्वाचन गराउने गरी आयोगले तयारी थालेको छ।


















