भारतीय उपनिवेश अन्त्यका लागि अन्तर्राष्ट्रिय जमघटमा नेपालको आक्रामक प्रस्तुति

394

काठमाडौं / ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले नेपाली भूमिमाथिको भारतीय उपनिवेश अन्त्य गर्न अन्तराष्ट्रिय जगतलाई खुलेर सहयोग गर्न आग्रह गरेका छन् ।

हिजो साँझ ६ः०० बजे संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद्मा आयोजित २०३ एजेन्डा र मानवअधिकार शीर्षकको एक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा जनाएका हुन् ।

उक्त कार्यक्रममा पहिलो वक्ताका रूपमा बोल्दै मोर्चाका अध्यक्ष नेपालले ग्रेटर नेपालको करिब ६०००० वर्ग किलोमिटर जमिनमा उपनिवेश कायम र वर्तमान नेपालको १३०० वर्ग किलोमिटर जमिनमा अतिक्रमण गरेर भारतले एकातिर संयुक्त राष्ट्र संघको उपनिवेश अन्त्य गर्ने सम्बन्धमा पारित प्रस्ताव नं १५१४ को खुल्लमखुल्ला अपहेलना गरेको छ भने अर्कोतर्फ स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देशको जमिन सैनिक बलमा कब्जा गरेर स्वतन्त्रता , मानवअधिकार र प्रजातन्त्रका आदर्शको स्पष्ट रूपमा उपहास गरेको छ भनेका छन् ।

उनले विश्वका सरकारहरूले राष्ट्रिय योजना प्रक्रिया मार्फत सन् २०३० भित्रमा दिगो विकासको उद्देश्य र लक्ष्य प्राप्त गर्ने भने पनि साना राष्ट्रहरूको जमिनमा उपनिवेश कायम गर्ने , तिनका प्राकृतिक स्रोतमाथि कब्जा जमाउने र आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गलत प्रवृत्ति रोक्न नसके यो केवल नारामा सीमित हुने चेतावनी दिएका छन् ।

संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद् भित्र (साइड इभेन्ट) भनिने यस किसिमका कार्यक्रम मानवअधिकार परिषद्मा भाग लिन पुगेका नागरिक समाजका प्रतिनिधिहरूबाटै आयोजित हुने गर्छन् ।

उक्त कार्यक्रममा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अतिरिक्त पश्चिमी सहाराका नजला मोहमद लमजन र हसन मुईद अली , त्रिपुराकी सुश्री पाताल कन्या जमातजा र श्रीलंकाका राजा रेमिगुस कनागराजा लगायतका मानव अधिकार प्रतिरक्षकहरूले आफ्नो समुदायको मानवअधिकार हननका बारेमा प्रश्न उठाएका थिए । कार्यक्रम सञ्चालन भारतको (मानवअधिकार सचेतक) नामक संस्थाका सभापति बब्लु लोइतोङबमले गरेका थिए । उनले ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको भारतीय उपनिवेशको अन्त्य सम्बन्धी आग्रह र पश्चिमी सहाराले मोरक्कोको उपनिवेशबाट मुक्ति खोजेको कुरालाई अन्तर्रा्ष्ट्रिय जगत्ले गम्भीरतापूर्वक लिनुपर्ने जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here