सत्तासिन नेकपाभित्र असन्तुष्टिहरु बढ्दै

79

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टीको तल्लो तहदेखि नै एकता प्रक्रिया थालनी गरेको लामो समय भएता पनि नेताहरुविच नै भागबन्डा नमिलेकाले एकता प्रक्रिया लम्बिने भएको छ । अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले आफु अनुकुलका नेताहरुलाई नेतृत्व दिन खोज्दा पछिल्लो समय पार्टीभित्र असन्तुष्टिहरु थप बढ्दै गएको छ । पार्टी नेतृत्वले आफु अनुकुलका नेताहरुलाई प्रदेश तथा जिल्लामा समेत नेतृत्व दिनुपर्ने होडबाजीमा लागेका कारण नेकपाको एकता प्रक्रिया थप अन्यौल बन्दै गएको हो । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा आलीले पार्टीको तल्लो एकता प्रक्रिया आकस्मिक रुपमा टुङ्गिने जनाएता पनि पार्टी अन्य नेताहरुले तिव्र असन्तुष्टि जनाइरहेका छन ।

अध्यक्षद्धय ओली र दाहालले पार्टी एकताको प्रस्ताव तयार पारीसकेको भनिएपनि त्यो भने स्पष्टरुपमा बाहिर आउन सकेको छैन । पार्टीका अर्का अध्यक्ष दाहाल अमेरिका रहेका कारण यस्तो भएको भन्दै अन्य नेताहरु पनि पार्टीको बचाउमा लागि परेका छन । अध्यक्ष दाहाल अमेरिकाबाट पर्किएपछि एकता प्रक्रियाले गति लिने नेता सुरेन्द्र पाण्डे जनाएका छन् । तैपनि उनी आफैँ विश्वस्त भने छैनन् । पार्टीका भित्री कुरा दुइअध्यक्ष विच भागबण्डा नमिल्नु नै प्रमुख कारण मानिएको छ । यसअघि नेकपाको स्थायी समितिले गठन गरेको कार्यदलले ढेड महिनासम्म पनि एकता प्रक्रिया टुङ्गो लगाउन नसकेपछि अध्यक्षद्धयले एकता प्रक्रिया टुङ्गो लगाउने जिम्मा लिएका थिए । तैपनि त्यसो हुन सकेको छैन । नेताहरु भने आन्तरिक विवाद लुकाएर एकता प्रक्रिया अघि बढिरहेको दावी गर्न पछि पर्दैनन् ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमाल, उर्जामन्त्री वर्षमान पुन, कृषि मन्त्री चक्रपाणी खनाललगायतले प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा कुरा गर्दै एकता प्रक्रियामा ठूलो समस्या नरहेको जिकिर गरेका थिए । केन्द्रमा एकता भएको १० महिना वितिसक्दा समेत नेताहरुले उही छिटै हुने भन्दै आइरहेका छन । तर १० महिना वित्दा समेत त्यो छिटै भन्ने दिन अहिले सम्म आउन सकेको छैन ।

नेकपाको एकीकरण पूरा नभएकाले तल्लो तहका गतिविधि प्रायः शून्य भएका छन् । भने केन्द्रीय नेताहरू कामविहीन अवस्थामा छन् । प्रदेश कमिटीमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोकिए पनि प्रदेशमा समेत विवाद कायमै छ । यसले गर्दा नेकपाको एकता कहिले टुङ्गिन्छ भन्ने बारे थप अन्यौल कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here