काठमाडौं / सर्वोच्च अदालतले बैैंकिङ कसुरमा संलग्न भएको अभियोगमा १३ जनालाई अदालतमा हाजिर हुुन आदेश दिएको छ । अदालतले आज सोमबार सार्वजनिकरुपमा सुचना जारी गर्दे सुचना प्रकाशित भएको मितीले १५ दिन भित्र अदालतमा हाजिर हुुन आदेश दिएको हो ।
सर्वोच्चले हाजिर हुुन आदेशक दिएका बैंकिङ कसुरका अभियुुक्तहरुमा जनरल फाइनाइन्सका तत्कालीन सदस्य उमेश श्रेष्ठ, तत्कालीन सुपरभाइजर सरस्वती भट्टराई र संगीता कार्की रहेका छन् ।
धनुषाकी शालु गोयन्का, विकास पौडेल र वविता पन्त पौडेललाई अदालतमा उपस्थित हुुन सर्वोच्चले सार्वजनिक सुचना जारी गरेको छ ।
















