प्रचण्ड नेपाल फर्किँदै

100

काठमाडौं / सत्तारुढ नकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड १० दिनको अमेरिका बसाईपछि बुधकार नेपाल फर्किँदै छन् । पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएका अध्यक्ष प्रचण्ड आज परिवारसहित स्वदेश फर्किन लागेका हुन् ।

अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गंगा दाहालका अनुसार सीताको वासिंटनस्थित मेडिस्टार अस्पताल र बरमिंघमस्थित युएबी अस्पतालमा उपचार गरिएको थियो । उपचारमा संलग्न चिकित्सकहरूले सीताको स्वास्थ्यमा क्रमिक सुधार आउने जनाएपछि आज स्वदेश फर्कन लागेको उनले जानकारी दिइन् ।

‘आमाको उपचारमा सहयोग गर्नुहुने राजदूत डा अर्जुन कार्कीलगायत सबैमा हार्दिक आभार र आमाको स्वास्थ्य जाँच वासिंटनस्थित मेडिस्टार हस्पिटल र बरमिंघमस्थित युएबी हस्पिटलमा भएको छ, डक्टरहरूको अनुसार आमाको स्वास्थ्यमा सुधार आउने विश्वास दिलाएका छन्’, गंगा दाहालले सामाजिक सञ्जाल फेसबुकमा लेखिकी छन् ।

पार्किन्सनको बिरामी रहेकी सीता सुगर र उच्च रक्तचापबाट पनि पीडित छिन् । सीतालाई उपचारका लागि यसअघि भारत र थाइल्याण्ड लगायतका अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार गर्दा पनि निको नभएपछि उनलाई अमेरिका लगिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here