इन्द्रजात्रामा पलको ‘हृदय भरी’ आउने

177

आगामी जेठ ३ गतेबाट प्रदर्शनमा प्रर्दशनी हुन लागेको फिल्म ‘वीरविक्रम २’ को पखाईमा रहेका अभिनेता पल शाहले शुक्रवारबाट नयाँ फिल्म ‘हृदय भरी’ को सुटिङ सेट ज्वाइन गरेका छन् । शुक्रवारबाट औपचारिक रुपमा छायांकन सुरु भएको यस फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ । वितरक गोपालकाजी कायस्थले फिल्म अर्को वर्षको भदौ २७ मा आउने जानकारी दिनु भयो।

यो मितिमा यसअघि नै अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘निरफूलु आउने तय भइसकेको छ । यसकारण ‘हृदय भरी’ ले सोलो रिलिज भने पाउने छैन । फिल्मले लक गरेको उक्त डेटमा इन्द्रजात्राको सार्वजनिक विदा परेको छ । यस फिल्ममा पलले एक पोल्ट्रिफार्म सञ्चालन गर्ने युवकको भूमिका निभाउने छन् । ‘हृदय भरी’ मा उनले करीब २० लाख पारिश्रमिक बुझेका छन् ।

सुरज सुब्बा ुनाल्बोु को एक्सन(कट रहने फिल्ममा पलले पहिलो पटक फ्रेस अनुहारसँग स्क्रिन साझेदारी गर्दैछन् । यो फिल्मबाट श्रद्धा क्षेत्रीले डेब्यु गर्दैछिन् । भारतको कोलकत्तामा बसोबास गर्दै आएकी श्रद्धाले त्यहाँ मोडलिङ क्षेत्रमा राम्रो नाम कमाएकी छन् । पलको अपोजिटमा अभिनेत्री रेखा लिम्बु पनि देखिनेछिन् । फिल्ममा सलोन बस्नेतको पनि प्रमुख भूमिका रहनेछ ।

नीर शाह, सुनिल थापा, काश बाबु, अनुराग कुवँर, निर्मल शर्मा, मनोज केसी, कविता रेग्मीलगायतका कलाकारहरुको पनि अभिनय रहने फिल्मलाई निकेश लिम्बु, चन्दन शाह तथा दीपेन्द्र राईले निर्माण गर्दैछन् । फिल्ममा सौरभ बिश्वास र रुचि बिश्वास सह(निर्माताको रुपमा रहेका छन् भने प्रस्तुतकर्ता चन्दन शाह हुन् । फिल्ममा मानकृष्ण महर्जनको छायांकन रहनेछ ।

प्राप्त जानकारी अनुसार, केही दिनदेखि अभिनेत्री जसिता गुरुङसँग लगातार छलफल भइरहेको छ । उनलाई स्क्रिप्ट मनपरे पनि पारिश्रमिक भने महँगो डिमाण्ड गरेको स्रोत बताउँछ । उनले १० लाखको आसपासमा पारिश्रमिक माग गरेपछि निर्देशक शर्मा केही कम गर्न आग्रह गरिरहेका छन् । आठ लाखसम्म गर्न राजी भए फिल्ममा उनी अंकितको हिरोइन हुने सम्भावना रहेको छ । बैशाख अन्तिम साताबाट छायांकन सुरु हुने फिल्ममा नीता ढुंगाना, रबिन्द्र झा, बुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरीलगायतका कलाकारहरुको फिल्ममा अभिनय रहनेछ । फिल्ममा दर्शक अगाडि प्रदर्शनमा आएको निर्देशक शर्मा निर्देशित फिल्म अल्लारे मा समावेश रातो टिका निधारमा गीतलाई रि—एरेञ्ज गरेर राखिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here